back
NMB ad

अघि बढ्यो नागढुङगा–नौविसे सुरुङमार्ग बनाउन धादिङतर्फको जग्गा मुआव्जा वितरण प्रक्रिया

Kumari bank ad

काठमाडौं । नागढुङगा–नौविसे सुरुङमार्ग आयोजनाका लागि धादिङतर्फ परेका जग्गाहरुको मुआब्जा वितरण प्रक्रिया अघि बढेको छ ।

जिल्लाको धुनिवेशी नगरपालिका वडा न ९–साविकको नौविसे गाविस वडान ४ (क) र ४ (ङ) अन्तर्गतका अधिग्रहणमा पर्ने जग्गाहरुको मुआब्जा निर्धारण भए अनुसार सम्वन्धति जग्गा धनीहरुबाट निवेदन पेश गर्न आयोजनाले सार्वजनिक सुचना निकालेको छ ।

यसअघि नै आयोजना अधिकारी, जग्गाधनि, प्रमुख जिल्ला अधिकारीलगायत बसेर मुआब्जा टुङग्याएका थिए । सुचनामा जग्गाधनी प्रमाण पुर्जा, तिरो तिरेको रसिद, सम्वन्धित नगरपालिका वा वडाको सिफारिस, नागरिकताको प्रमाणपत्रको फोटोकपी तथा अन्य प्रमाणहरु सक्कलै संलग्न गरी पेश गर्न भनिएको छ ।

यसअघि साउनमा नै सुचना निकाल्दै मुआब्जाका लागि निवेदन दिन भनिएको भएपनि अहिलेसम्म कसैले निवेदन नदिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार काठमाडौंतर्फ मुआब्जाको खासै समस्या नरहेपनि धादिङतर्फ समस्या छ । उहाँका अनुसार काठमाडौंतर्फ कुल २२३ रोपनी जग्गा परेको छ । जसमा करिव ३२ रोपनी जग्गा सरकरी छ ।

२ सय ९१ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमध्ये ९० प्रतिशत भैसकेको छ । विवादित, लाल पुर्जा नभएका, जग्गाधनी सम्पर्क विहिन भएका जग्गाहरु मात्रै अधिग्रहण गर्न बाँकी छ ।

आयोजनाका अनुसार धादिङतर्फ कुल १०९ रोपनी अधिग्रहण गर्नुपर्नेछ । करिव ५० प्रतिशत गुठीका नाममा रहेका कारण समस्या आएको हो ।

गुठीको नियम अनुसार जग्गा कमाउनेलाई ३३ र गुठीलाई बाँकी ६७ प्रतिशत दिनुपर्छ । तर त्यहाँका स्थानीयले ३३ प्रतिशत मात्रै मुआब्जा पाउँदा विस्थापित नै हुनुपर्ने भन्दै विवाद निकालेका थिए । गुठीको जग्गाको विवाद मन्त्रीपरिषदमा लगेर टुङग्याउने तयारी छ ।

तिहारपछि काम सुरु गरेर आगामी ४२ महिनामा सुरुङमार्ग तयार हुनेछ । निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले पाएको छ । निर्माण कम्पनी साईटमा क्याम्प बनाएर काम गर्न तयारी अवस्थामा छ ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १२:२६ मा प्रकाशित

You can share this post!

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...