back
NMB ad

लोक सेवा आयोगले हजारौँ संख्यामा विज्ञापन खुलाउँदै, यस्तो छ तयारी

Kumari bank ad

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न पदमा हजारौँ संख्यामा विज्ञापन आह्वान गर्ने भएको छ ।स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी अब प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्ने भएको छ ।

प्रदेश लोकसेवा आयोग बन्ने क्रम जारी भएकाले स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी सम्बन्धित प्रदेशले नै पूर्ति गर्ने भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि आवश्यक कर्मचारी अब सङ्घीय लोक सेवा आयोगले पूर्ति नगर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता भूपाल बरालले भने, “गत जेठ १५ गते स्थानीय तहका लागि सङ्घीय सरकारले गरेको नौ हजार ६६१ विज्ञापित पद अन्तिम हो, अब स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्छन् ।”

जेठमा भएको विभिन्न पदको लोक सेवा आयोगबाट अहिले नतिजा आउने क्रम जारी छ । आगामी मङ्सिरभित्र विज्ञापन गरिएका नौ हजार ६६२ पद नै पूर्ति हुने बरालले बताए ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका लागि आवश्यक कर्मचारी प्रदेश लोक सेवा आयोगले पूर्ति गर्ने उल्लेख गरिएको छ ।

अहिले पनि मन्त्रालयमा ५५ वटा स्थानीय तहले करिब तीन सयवटा पदमा विज्ञापन गरी कर्मचारी पूर्ति गर्न निवेदन पठाएका छन । प्रवक्ता बरालले भने,“उक्त स्थानीय तहले मन्त्रालयमा पठाएका विज्ञापनमा पनि सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्नेछन ।”

कर्मचारी समायोजन ऐनपछि स्थानीय तहमा ठूलो सङ्ख्यामा कर्मचारी अपुग भएकाले यस वर्षभित्र सबै कर्मचारी पूर्ति गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्दा स्थानीय तहमा २३ हजार कर्मचारी अपुग हुने जनाएको थियो ।

सरकारले कर्मचारी समायोजन क्रममा भने तीनै तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन गरेको थियो ।

२०७६ कात्तिक १४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १४ बिहीवार ०८:४७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...