back
NMB ad

सरकारले तयार गर्यो बन्दीलाई पनि प्रजनन अधिकार दिने विधेयक

Kumari bank ad

काठमाडौं । सरकारले बन्दीलाई पनि प्रजनन अधिकार दिने गरी विधेयक तयार पारेको छ ।गृह मन्त्रालयले संघीय संसद सचिवालयमा पठाएको विधेयकमा कारागारमा रहेका वैध दम्पत्तिलाई प्रजनन संरक्षण गर्ने प्रयोजनका लागि भेटघाटको अनुमति दिने प्रावधान प्रस्ताव गरिएको हो ।

यसअघि सर्वोच्च अदालतले प्रजनन अधिकार संरक्षण गर्नु राज्यको दायित्व भएको र प्रजनन व्यक्तिको नैसर्गिक अधिकार भएकाले कसैलाई पनि वञ्चित नगराउन आदेश गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार गृह मन्त्रालयले नयाँ कानुनी प्रावधान गरेको हो । बन्दीको प्रजनन अधिकार संरक्षणका लागि अन्य व्यवस्था भने सरकारले गर्नेछ। तर दम्पत्तिमध्ये एक बाहिर भएको अवस्थामा यस्तो अधिकार उपलब्ध हुने वा नहुने भन्नेबारे विधेयक मौन छ ।

सरकारले ल्याएको विधेयकमा बन्दीले विवाह गर्न चाहेमा उसलाई प्रहरी साथ लगाएर विवाह दर्ताका लागि प्रशासनमा दर्ताका लागि र्पुयाइदिनुपर्ने प्रावधान छ ।

कारागारमा रहेका महिला वा पुरुषले कारागार बाहिर रहेकासँग समेत विवाह गर्न सक्ने प्रावधान विधेयकले गरेको छ ।त्यस्तै, बन्दीलाई चलअचल सम्पत्ति हस्तान्तरणको अधिकार प्रदान गरेको छ ।

विधेयकले पन्ध्र सयभन्दा धेरै कैदी भएको कारागारमा सरकारले अस्पताल सञ्चालन गर्नुपर्ने प्रावधान गरेको छ ।त्यस्तै, पाँच सयदेखि एक हजार कैदी भएको कारागारमा स्वास्थ्यचौकी सञ्चालन गर्नुपर्ने प्रावधान गरेको छ ।

२०७६ कात्तिक २१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १८:२५ मा प्रकाशित

You can share this post!

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४८

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही...

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...