back
NMB ad

सरकारले प्यानमा बढायो सीमा : खर्चमा दुई हजार, ज्यालामा तीन हजार, लागू कहिलेदेखि ?

Kumari bank ad

काठमाडौं । सरकारले दुई हजार रुपैयाँ भन्दा बढी खर्चमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ । चालु आर्थिक वर्षमा एक हजार रुपैयाँ कायम गरिएकोमा आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी सीमा बढाइएको हो ।

अर्थमन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि लागू हुने गरी सैद्धान्तिक सहमति दिएको छ ।

चालु आर्थिक वर्षमा सरकारले आयकर ऐन, २०५८ को दफा २१ मा प्यान उल्लेख नभएको एक हजार रुपैयाँभन्दा बढी मूल्यको बिजक वापतको खर्च कट्टी गर्न नपाइने व्यवस्था गरेको छ।

आगामी आर्थिक वर्षदेखि व्यावसायिक प्रयोजन बाहेकका व्यक्तिसँग गरिने घरायसी प्रकृतिका मालवस्तुको खरिदमा प्यान नचाहिने भएको छ ।

साथै व्यावसायिक कारोबार नगर्ने कृषकसँग सोझै गरिने कृषिजन्य, वनजन्य र पशुजन्य वस्तुको खरिद गर्दा प्यान आवश्यक नपर्ने निर्णयमा उल्लेख छ ।

यसअघि व्यावसायिक कारोबार नगर्ने व्यक्तिसमेत मर्कामा परेको भन्दै विरोध भएको थियो । आगामी आर्थिक वर्षदेखि तीन हजार रुपैयाँसम्मको ज्याला लिनका लागि प्यान नचाहिने भएको छ ।

दैनिक मजदुरी गर्ने र पटके प्रकृतिको काम गर्ने कामदारलाई एक पटकमा तीन हजार रुपैयाँभन्दा कमको भुक्तानीमा प्यान नम्बर लिनु नपर्ने भएको हो ।

चालु आर्थिक वर्षदेखि नै सरकारले तलब भुक्तानीको लागि प्यान अनिवार्य गरेपछि व्यवसायी आन्दोलित थिए। बिना पूर्वाधार सरकारले नियम बनाएको व्यवसायीको गुनासो थियो ।

त्यसपछि समाधानको लागि अर्थ मन्त्रालयले कार्यदल गठन गरेको थियो । उक्त कार्यादलले दिएको सुझावको आधारमा मन्त्रिपरिषद् बैठकले उक्त सहमति दिएको हो ।

२०७६ कात्तिक २४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २४ आइतवार १४:४९ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...