back
NMB ad

२ अर्ब ३३ करोड बराबरको आइपिओ बिक्री गर्न यी कम्पनीले पाए अनुमति, कस्को कति ? (सूचि सहित)

Kumari bank ad

काठमाडौं । दोस्रो बजारमा अधिकाशं जलविद्युत् कम्पनीको शेयर रु १०० भन्दा तल रहेको बेला विद्युत् नियमन आयोगले ८ जलविद्युत कम्पनीलाई प्राथमिक सेयर बिक्री गर्न अनुमति दिएको छ ।

आयोगले हालसम्म विभिन्न ८ जलविद्युत कम्पनीलाई रु २ अर्ब ३३ करोड बराबरको शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

साधारण शेयर बिक्रीको अनुमति पाउनेमा लिबर्टी इनर्जी कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, युनाइटेड इदिमर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, तेह्रथुुम पावर कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड रहेका छन ।

आयोगका अनुसार ग्रिनलाइफले रु ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार कित्ता, लिवर्टीले रु ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार, शिवश्री हाइड्रोपावर लिमिटेडले रु ३३ करोड ५१ लाख बराबरको ३३ लाख ५१ हजार कित्ता, सिंगटी इनर्जीको रु ४३ करोड ५० हजार ४३ लाख ५० हजार कित्ता रहेको छ ।

यस्तै तेह्रथुमको रु १२ करोड बराबरको १२ लाख कित्ता, हिमालयन हाइड्रोपावरको रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार, युनाइटेडको रु १० करोड ५० लाख बराबरको १० लाख ५० हजार र माउन्टेनले रु ३९ करोड ३६ लाख ५ हजार बराबरको साधारण शेयर बिक्री गर्ने अनुमति पाएको छ ।

नियमन आयोगले स्वीकृति दिएपछि अन्तिम अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछन । बोर्डले स्वीकृति दिएपछि औपचारिक रुपमा साधारण शेयर बिक्रीको बाटो खुला हुनेछ ।

२०७६ कात्तिक २६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १३:१८ मा प्रकाशित

You can share this post!

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...