back
NMB ad

मेगा बैंकको सकियो एजिएम, ११.७५ प्रतिशत नगद लाभांश पारित

Kumari bank ad
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११. ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

काठमाडौँमा शुक्रबार सम्पन्न भएको मेगा बैंकको नवौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो।

आर्थिक बर्ष २०७५र०७६ सम्मको संचित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४ सय ५४ रुपैयाँ ११.७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसालाई नगद लाभांशस्वरुप शेयरधनीलाई वितरणका लागि पारित गरेको बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए।

मेगा बैंकको अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन्।

ग्राहक तथा शेयरहोल्डर सेवाअन्तर्गत मेगा बैंकले अस्पताल, एयरलायन्स, डिपार्टमेन्ट स्टोर, होटल, शिक्षालय तथा अन्य क्षेत्रमा मेगा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई सहुलियतको प्रबन्ध गर्ने प्रतिबद्धताअन्तर्गत यो वर्ष ग्रान्डी अस्पताल, स्टार अस्पताल लगायतका अस्पताल र कतार एयरलायन्समा छुटको व्यवस्था गरेको छ ।

२०७६ कात्तिक ३० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ३० शनिवार १७:२१ मा प्रकाशित

You can share this post!

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...