back
NMB ad

शिक्षकको तलब जुटाउन घरघर हेडसर !

Kumari bank ad

काठमाडौं । चौविसे गाउँपालिका–२ सिन्धसारको धारापानी आधारभूत विद्यालयका प्रधानाध्यापक कैलाश ढुंगाना हरेक चौमासिकको अन्त्यमा अभिभावकको घर/घरमा पुग्छन ।

विद्यालयमा निजि स्रोतमा कार्यरत दुई शिक्षकको तलब भरणपोषण गर्न उनी अभिभावकसँग सहयोग माग्छन् । चौमासिकको अन्त्यमा अभिभावकसँग रकम मागेर अर्को चौमासिकको सुरुवातमा शिक्षकलाई तलबभत्ता खुवाउँछन ।

विद्यालयको आन्तरिक स्रोत नहुँदा निजी स्रोतमा कार्यरत शिक्षकलाई अभिभावकसँग आर्थिक सहयोग मागेर तलब खुवाउँदै आएको ढुंगाना बताउँछन । शिशुदेखि ८ कक्षासम्म पढाइ हुने यस विद्यालयमा एक सय २१ जना विद्यार्थी अध्ययनरत छन्। अभिभावकसँग प्रति विद्यार्थी २ हजार ३ सय का दरले आर्थिक सहयोग मागिएको उनले बताए ।

७ जना शिक्षकसहित विद्यालयमा ११ जना कर्मचारी कार्यरत छन । पाँच दरबन्दीमध्ये प्रअ ढुंगाना मात्र स्थायी शिक्षक हुन । बाँकी चार जना करारमा छन । निजी स्रोतका २ जना शिक्षक विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेको हो ।

३ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी छन्। अभिभावकसँग सहयोग नउठाए विद्यालय सञ्चालन गर्न कठिन छ ।

स्विकृत दरबन्दीले विद्यालय सञ्चालन गर्न कठिन भएपछि निजी स्रोतमा शिक्षक राख्नुपरेको ढुंगानाले बताए। ‘विद्यालयको आन्तरिक आय शून्य छ ।

सरकारले दरबन्दीमा कार्यरत शिक्षकलाई मात्रै तलबभक्ता निकासा गर्छ,’ उनले भने, ‘अभिभावकसँग नमागे पढाइ सञ्चालन गर्ने सम्भावना छैन।’अभिभावकसँग आर्थिक सहयोग संकलन गर्न पनि धेरै कठिन रहेको उनको अनुभव छ । ‘माग्नेबित्तिकै अभिभावकले पैसा दिँदैनन । भाको बेला दिन्छौं भन्छन्। अभिभावको पनि आयस्रोत हुँदैन ।

रकमा माग्दा माग्दा हैरान भएर अहिले अर्को विद्यालयमा बालबच्चा पढाउँछु भनेका छन्,’ ढुंगानाले थपे, ‘हरेक घर/घर डुलेर पैसा संकलन गर्नुपर्ने बाध्यता छ, रकम संलकन नहुँदासम्म शिक्षकले तलब पाउँदैनन् ।’

यस्तै, आर्थिक अभावकै कारण वडा नम्बर १ स्थित ठूलो मुक्तरा गाउँको जनता आधारभूत विद्यालयले पनि अभिभावकसँग सहयोग मागेरै शिक्षकलाई तलब खुवाइरहेको छ ।

विद्यालयमा शिक्षक र कर्मचारीसहित ११ जना कार्यरत रहेको शिक्षक जीवनाथ ढुंगानाले बताए। यहाँ पनि तीन जना निजी स्रोतमा राखिएको छ ।

६६ विद्यार्थीका अभिभावकसँग प्रतिविद्यार्थी तीन हजार तीन सय रुपैयाँ सहयोग मागेर शिक्षकलाई तबल खुवाउँदै आएको उनले बताए ।

आधारभूत तह सञ्चालनको अनुमति भए पनि दरबन्दी नहुँदा अभिभावकसँग रकम संकलन गर्न बाध्य भएको शिक्षक ढुंगाना बताउँछन् । जनता आधारभूत विद्यालयले २०७१ सालदेखि अभिभावकसँग आर्थिक सहयोग संकलन गरिरहेको छ ।-अन्नपुर्णपोष्ट बाट

२०७६ मंसिर ०२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २ सोमवार ०८:३१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...