back
NMB ad

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ६४% ले वृद्धि, यस्तो छ प्रगति विवरण

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६४ प्रतिशतले वृद्धि गर्दै ५ करोड ४८ लाख १६ हजार रुपैयाँ पुर्याएको छ ।

गत वर्ष बैंकले ३ करोड ३४ लाख २४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीमा पनि ११.०३ प्रतिशतले सुधार गरी २७ करोड २६ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यो बैंकले २४ करोड ४४ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सञ्चालन नाफा पनि ६ करोड ३५ लाख रुपैयाँबाट बढेर ७ करोड ८८ लाख ६० हजार रुपैयाँ पुगेको छ । सांग्रिलाले १७ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ४० करोड रुपैयाँ कर्जा विस्तार गर्न सफल भएको वित्तीय विवरणमा देखिन्छ ।

असोजसम्म यसको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार रुपैयाँ रहेको छ । यस्तै, रिजर्भ कोषमा ५७ करोड ४६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २० करोड ७९ लाख २५ हजार रुपैयाँ राखेको छ ।

यसको खराब कर्जा पनि २.४० प्रतिशतबाट घटेर ०.९४ प्रतिशतमा सीमित भएको छ । खराब कर्जा घटाउन सकेकाले खुद नाफा माथि लैजान सजिलो भएको देखिन्छ ।

कस्ट अफ फन्ड भने ७.७३ प्रतिशतबाट बढेर ८.३७ प्रतिशत पुगेको छ । सांग्रिलाको बेस रेट ११.२४ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ०२ पैसा छ ।

२०७६ मंसिर ०२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २ सोमवार ११:५७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...