back
NMB ad

नेकपाका दुई अध्यक्षबीच यस्तो बन्यो सहमती, नयाँ मन्त्रीको अन्तिम सूचि तयार !

Kumari bank ad

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच सोमबार भेटवार्ता हुँदैछ । प्रधानमन्त्री निवासमा बेलुका हुने भेटवार्तामा मन्त्रीपरिषद् पुनर्गठनका विषयमा निर्णायक छलफल हुने बताइएको छ ।

नेकपा सचिवायल बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि सहमति दिएपछि सोमबार नयाँ मन्त्रिमण्डलको खाका तयार गर्न दुई अध्यक्ष भेट्न लागेका हुन्। त्यसअघि दुवैतर्फबाट आन्तरिक गृहकार्य गरिएको छ ।

दुवै अध्यक्षले मन्त्री बन्नेहरुको सूचीलाई अन्तिम रुप दिएपछि एक दुई दिनमै मन्त्रिपरिषद् पुनर्गठन घोषणा हुने संभावना छ। पुनर्गठनमा केही नयाँ अनुहार समावेश हुनेछन् भने केही पुरानैलाई निरन्तरता दिइनेछ ।

सोमबार बिहान नेकपा अध्यक्ष प्रचण्डले आफ्नो निवासमा पूर्वमाओवादीका नेताहरुसँग परामर्श गरेका थिए। प्रधानमन्त्रीको टिममा पनि नयाँ मन्त्रिपरिषद्को खाकाबारे आन्तरिक छलफल भइरहेको छ ।

नयाँ मन्त्रीका लागि घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, पम्फा भुसाल, यज्ञराज सुनुवार, वसन्त नेम्वाङलगायत नेता चर्चामा छन् ।

स्रोतका अनुसार उद्योगमन्त्री मातृका यादवको ठाउँमा हटाएर उनको स्थानमा प्रभु शाहलाई जिम्मेवारी दिने र महिला बालबालिकामन्त्री थममाया थापालाई हटाएर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ। अन्य मन्त्रीका विषयमा पनि गृहकार्य भइरहेको स्रोतको दाबी छ ।

नयाँ टीम बनाएर नयाँ ढंगले अघि बढ्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीको नीजि सचिवालय परिवर्तन गरिसकेका छन्। आइतबार बेलुका बसेको पार्टी सचिवालय बैठक प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिमण्डलको खाका तयार गर्न आफू लागेको र छिटै घोषणा हुने बताएका थिए ।

२०७६ मंसिर ०२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २ सोमवार १५:४७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...