back
NMB ad

छतबाट खसेर बैंक कर्मचारीको मृत्यु

Kumari bank ad

धनगढी । लम्कीचुहा नगरपालिका–१ मा रहेको राष्ट्रिय वाणिज्य बैंकको दोस्रो तलाबाट खसेर बैंकका कर्मचारीको मृत्यु भएको छ ।

बैंक कार्यालय सहयोगी दयाकृष्ण पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय पन्त दोस्रो तलाबाट खसेपछि अचेत भएका थिए।

टाउको र छातीमा चोट लागेका उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिए। पन्तले मादक पदार्थ सेवन गरेको प्रहरीले बताएको छ ।

‘उहाँले मादक पदार्थ सेवन गर्नुभएको थियो । दोस्रो तला उक्लने क्रममा खसेको देखिन्छ,’ प्रहरी प्रवक्ता बस्नेतले भने, ‘उपचारको क्रममा उहाँको ज्यान गएको हो ।’ सोमबार राति पौने १० बजे छतबाट खसेका पन्तको उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको प्रहरी प्रवक्ता बस्नेतले बताए ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार १२:२९ मा प्रकाशित

You can share this post!

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...

मोटरबोटले बढायो पर्यटन   

मोटरबोटले बढायो पर्यटन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:४६

कमलकुमार बस्नेत काठमाडौँ, ३१ वैशाखः नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको...

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३६

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा...

जलविद्युत् छ तर बत्ती बल्दैन   

जलविद्युत् छ तर बत्ती बल्दैन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३०

डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६...