back
NMB ad

वाणिज्य बैंकहरुले गरे २६ खर्बको कर्जा प्रवाह, कुन बैंकको कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालका विभिन्न वाणिज्य बैंकहरुले २६ खर्ब १९ अर्ब ९३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

बैंकहरुले हालै सार्वजनीक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरणमा उक्त रकमको कर्जा प्रवाह भएको देखिएको हो ।

गत आर्थिक वर्षको सोही अवधीको तुलानामा बैंकहरुको कर्जा १६ प्रतिशतले बृद्धि भएको छ । यस अघि वाणीज्य बैंकहरुले आर्थिक वर्षको यही अवधीमा २२ खर्ब ६० अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

असोज सम्मको तथ्यांक अनुसार नेपालका १० वाणीज्य बैंकहरुले एक अर्ब भन्दा माथी रकमको कर्जा प्रवाह गरेको देखिएको छ ।

यस अवधीमा कर्जा प्रवाह गर्ने बैंकहरु मध्य एनआईसी एसिया बैंकले सबै भन्दा बढी कर्जा प्रवाह गरेको देखीएको छ । बैंकले चालु आवको तिन महिनामा १ खर्ब ६२ अर्ब ४३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको हो ।

त्यस्तै कर्जा प्रवाह गर्ने मामलामा राष्ट्रिय वाणीज्य बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले यस अवधीमा १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

यस्तै, नविल बैंक्ले १ खर्ब ४१ अर्ब ८९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दै तेस्रो स्थानमा रहन सफल भएको छ । यस्तै नेपाल इन्भेष्मेन्ट बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, कृषि बिकास बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंकले १ खर्ब भन्दा माथी कर्जा प्रवाह गरेका छन् ।

यस समिक्षा अवधिमा सबै भन्दा थोरै कर्जा प्रवाह गर्नेमा प्राइम बैंक रहेको छ । बैंकले यस अवधीमा ६२ अर्ब १७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार १५:०२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...