back
NMB ad

सबै सामुदायिक विद्यालयको सबलीकरण गरिन्छ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रदेशभित्रका सबै सामुदायिक विद्यालयको सबलीकरण गर्ने बताएका छन् ।

हेटौँडा–१८ मा रहेको गोरक्षेश्वर माविमा प्राविधिक शिक्षा शुरुआत गर्ने उद्देश्यले आयोजित महयज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले हरेक सामुदायिक विद्यालयको शिक्षा अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने धारणा राखे । सामुदायिक विद्यालय कमजोर र निजी विद्यालय मजबुद हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

उनले विद्यालयलाई शान्तिक्षेत्रका रुपमा बुझेर कुनै पनि बहानामा विद्यालय बन्द गर्न नहुने धारणा राखे । विगतमा आफू शिक्षक रहेको स्मरण गर्दै मुख्यमन्त्री पौडेलले शिक्षक सङ्गठन विद्यालयमा राजनीति गर्नमात्र नखोलिएको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले सरकारी विद्यालयले भौतिक पूर्वाधारका साथसाथै गुणस्तरीय शिक्षा दिएर निजी विद्यालयलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले गुणस्तरीय शिक्षाका लागि विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापनको ठूलो हात रहने भन्दै यसतर्फ ध्यान दिँदै निजी विद्यालयतर्फ आफ्ना बालबच्चा बढाउने अभिभावकलाई सरकारी विद्यालयतर्फ आकर्षित गराउन शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए ।

प्रदेश ३ का प्रमुख प्रतिपक्षी दलका नेता तथा महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष इन्द्रबहादुर बानियाँले विद्यार्थीले पढाइसँगै सीप पनि सिकोस् भन्न प्राविधिक शिक्षा आवश्यक पर्ने भएकाले प्राविधिक शिक्षा सञ्चालन गर्न लागिएको धारणा राखे ।

पण्डित दीनबन्धु पोखरेलले समृद्धिका लागि सीपमूलक शिक्षा आवश्यक रहेको बताए । हेटौँडा–१८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउन आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको हो ।

आजदेखि मङ्सिर १० गतेसम्म पण्डित दीनबन्धु पोख्रेलले वाचन गर्ने सप्ताह ज्ञान महायज्ञमा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौँडा–१८ का वडाध्यक्ष अनिल बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँ, समाजसेवी हर्क रम्तेल, त्यसै विद्यालयकी कक्षा २ मा अध्ययनरत छात्रा कुसुम भोम्जनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच सप्ताह ज्ञानमहायज्ञको शुरुआत भएको पहिलो दिनमै २२ लाख ५० हजार सङ्कलन भएको छ । महायज्ञमा विद्यालयका संस्थापक अध्यक्ष सुरेन्द्रराज बानियाँले १० लाख रकम बराबरको एक कट्ठा जग्गादान गर्नुभएको छ भने मूल समारोह समितिका अध्यक्ष इन्द्रबहादुर बानियाँबाट १ लाख, हेटौँडा–१८ का मुक्तिप्रसाद चौलागाईंबाट २ लाख ५१ हजार, विद्यालयका शिक्षक कर्मचारीहरुबाट चार लाख आठ हजार, विद्यालयका संस्थापक जगतबहादुर थापाबाट रु ५ लाख सङ्कलन भएको हो ।

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार ०६:४४ मा प्रकाशित

You can share this post!

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२१

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको...

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...