काठमाडौं । मन्त्रीमण्डल हेरफेरका बारे प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्या भण्डारीस्ँग भेटवार्ता गरेका छन् ।
अध्यक्षद्ववयले मन्त्री हेरफेरको टुंगो लगाएर बुधबार अपरान्ह राष्ट्रपतिसँग भेटवार्ता गर्न गएका थिए । यता, नेकपा सचिवालयले गर्ने निर्णयका आधारमा नवनियुक्त मन्त्रीहरुका सपथ बुधबार ४ बजे हुने संभावना छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीसँग छलफल गरी सपथग्रहणको समय तय गरेको बुझिएको छ ।नेकपाको सचिवालय बैठकले केही मन्त्रीलाई फिर्ता बोलाई उक्त मन्त्रालयमा नयाँ मन्त्रि पठाउने निर्णय गर्ने छ । प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गर्नेछन् ।
२०७६ मंसिर ०४ गते प्रकाशित
वि.सं.२०७६ मंसिर ४ बुधवार १३:०० मा प्रकाशित