back
NMB ad

बैंकले तिर्ने आयकर घट्यो

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा संकुचन भएसँगै सरकारले प्राप्त गर्ने आयकर पनि घटेको छ । चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकले ६ अर्ब ४४ करोड रुपैयाँ आयकर तिरेका छन।

गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ४५ करोड रुपैयाँ आयकर तिरेका थिए। चालु आवको पहिलो त्रैमासमा २८ मध्ये १० वाणिज्य बैंकले अघिल्लो आवको पहिलो त्रैमासमा तिरेभन्दा कम कर तिरेका छन।

नाफा घटेपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसहित अन्य ९ बैंकको आयकरमा योगदान सामान्य घटेको छ । नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स, एनसीसी, एनएमबी, नेपाल बैंक र सिभिल बैंकको नाफा घटेकाले आयकर गत वर्षभन्दा कम भएको हो ।

निक्षेपमा ३.१३ प्रतिशत र कर्जामा भने १५.८८ प्रतिशतको वृद्धि देखिएको छ । कर्जाको वृद्धि उल्लेख्य हुँदा पनि नाफा भने उत्साहजनक ढंगले बढ्न नसकेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बताउँछन ।

जोखिम व्यवस्थाअघिको बैंकको सञ्चालन मुनाफा वृद्धिदर निराशाजनक ०.४१ प्रतिशत देखिएको छ । ‘बैंकको शाखा विस्तारसँगै लागत बढेको छ तर खोलिएका सबै शाखाले मुनाफा दिन सकेका छैनन,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने ।

राष्ट्र बैंकले सबै स्थानीय तहमा कम्तीमा वाणिज्य बैंकको एउटा शाखा खोल्नुपर्ने व्यवस्था गरिएको छ । भदौ महिनासम्म ७ सय ५३ स्थानीय निकायमध्ये ७ सय ३९ स्थानीय तहमा शाखा विस्तार भइसकेको छ । अहिलेसम्म प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खुलिसकेका छन् ।

प्रदेश १ मा १ सय ३७ मध्ये १ सय ३६ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भैसकेको छ । गण्डकी प्रदेशमा पनि ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ ।

यस्तै, प्रदेश २ मा १ सय ३६ मध्ये १ सय ३४, प्रदेश ३ मा १ सय १९ मध्ये १ सय १७, कर्णालीमा ७९ मध्ये ७७ र सुदूरपश्चिममा ८८ मध्ये ८२ स्थानीय निकायमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ ।

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार १३:४२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...