back
NMB ad

नेकपा सचिवालयको निर्णय : ओली नै प्रधानमन्त्री, प्रचण्डलाई पार्टीको जिम्मा

Kumari bank ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री केपी शर्मा ओली नै निरन्तर हुने निर्णय गरेको छ ।

योसँगै अर्का अध्यक्ष पुष्पक मल दाहाल ‘प्रचण्ड’ आलोपालोमा प्रधानमन्त्री हुने भनिएको यसअघिको सहमति टुंगिएको छ ।मंगलबार बसेको सचिवालय बैठकले अब प्रचण्डलाई पार्टीको काममा केन्द्रित हुने गरी जिम्मा दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘केपी शर्मा ओली र प्रचण्ड वरियता क्रम यथावत छ। प्रधानमन्त्रीको हैसियतमा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा लाग्ने निर्णय भएको छ,’ श्रेष्ठले भने ‘आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने, प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय भयो।’

उनले पार्टी सरकार र सरकार सञ्चालनमा अध्यक्षद्वयले समन्वय गर्ने बताए ।

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार १५:४९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...