back
NMB ad

काठमाडौंमा आजदेखि पावर समीट सुरु

Kumari bank ad

काठमाडौं । आज बिहीबारदेखि काठमाडौंमा पावर समीट २०१९ सुरु हुँदै छ । नेपालका उपप्रधानमन्त्री, ऊर्जा मन्त्री र अर्थमन्त्रीसहित बंगलादेश र भुटानका ऊर्जा मन्त्रीसमेत सहभागी हुने समीटमा स्वदेशी तथा विदेशीसहित ७५० ऊर्जाविद् र सरोकारवालाहरु सहभागी हुँदैछन।

ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को मुल आयोजनामा र विद्युत् व्यापारमा केन्द्रित भएर हुन लागेको सम्मेलनमा भारतबाट १ सय भन्दा र बंगलादेशबाट ३५ भन्दा बढी उच्चअधिकारी सहभागी हुन लागेका छन।

समीटमा विद्युत् व्यापार, यसको सम्भावना, आवश्यक पूर्वाधारलगायतका विषयमा केन्द्रित रहेर एक दर्जन सत्रमा छलफल हुन लागेको इपानका उपाध्यक्ष कुमार पाण्डेले जानकारी दिए । आयोजना निर्माण तथा ऊर्जा व्यापारका विषयमा १० सम्झौता समेत हुन लागेका छन।

भारतबाट राजदूतसहित केन्द्रीय विद्युत प्राधिकरण, केन्द्रीय विद्युत् नियमन आयोग, पीटीसी इण्डिया, एनएचपिसी इण्डिया, सतलज जलविद्युत् निगम, जिएमआरलगायतका प्रतिनिधिको उपस्थिति रहने छ भने भुटानका वित्तीय मामिला सम्बन्धी मन्त्री र बंगालादेशबाट शक्ति, ऊर्जा तथा खनिज संशाधन राज्यमन्त्री समेत सहभागी हुँदैछन।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रममा नेपालबाट ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन, अर्थ मन्त्री डा. युवराज खतिवडालगायतको सहभागिता हुन लागेको छ ।

मुलकमा विद्युत् उत्पादन वृद्धि हुँदै गएर विद्युत् व्यापारका लागि सहज वातावरण बन्दै गइरहेको बेला समीटमा हुने छलफल तथा भारत, भुटान र बंगलादेशका प्रतिनीधिहरुसँग हुने बैठकले विद्युत् व्यापारको बाटो खोल्न फलदायी हुने अपेक्षा आयोजकको छ ।

इपानका अनुसार, सम्मेलनमा भारत, भुटान र बंगलादेशबाहेक चीन, नेदरल्याण्ड, नर्वे, दक्षिण कोरिया, क्यानडालगायत देशका लगानीकर्ता एवं प्रतिनिधिको सहभागिता रहनेछ ।

२०७६ मंसिर ०५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ५ बिहीवार १०:०७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...