back
NMB ad

नेपालमा चिनियाँ बैंकका शाखा खोल्न पहल

Kumari bank ad

काठमाडौँ । अर्थ मन्त्रालयले नेपालमा चिनियाँ वाणिज्य बैंकका शाखा खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ । चीनसँग भएको सहमति कार्यान्वयन गराउन अर्थले केन्द्रीय बैंकलाई आइतबार पत्राचार गरेको हो ।

गत कात्तिक ७ मा नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समिति (एनटीटीएफसी)को नवौं बैठकमा दुई पक्षबीच १२ बुँदे सहमति भएको थियो। त्यसमा एकआपसमा वाणिज्य बैंकका शाखा खोल्ने उल्लेख छ ।

चिनियाँ पक्षले गरेको प्रस्तावमा सहमति जनाउँदै नेपालले चिनियाँ वाणिज्य बैंक खोल्न अनुमति दिन बताएको थियो । नेपाल पक्षले वैदेशिक बैंकलाई नेपालमा शाखा खोल्न दिने पर्याप्त व्यवस्था भएको जानकारीसमेत गराएको थियो ।

दुवै पक्षबीच केन्द्रीय बैंक तथा वाणिज्य बैंकका शाखा कार्यालय खोल्नेमा सहमति भएको थियो । नेपाल र तिब्बतको समय दुई घण्टा फरक पर्दा भन्सारमा काम गर्न असहज भएपछि एउटै समय तय गर्ने समझदारी भएको छ ।

नेपाल–तिब्बत व्यापार सहजीकरण समिति (एनटीटीएफसी)को बैठकले नेपालको बिहानको ८ बजेको समय र तिब्बतको १० बजेको समयलाई एउटै मान्ने गरी समझदारी गरेको हो ।

अक्टोबर २४ मा भएको समझदारीअनुसार तिब्बततर्फको भन्सार खुल्ने समय बेइजिङको १० बजे र नेपाली ८ बजेलाई एउटै रूपमा लिने सहमति भएको हो ।-अन्नपूर्ण पोष्टबाट

२०७६ मंसिर ०९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ९ सोमवार ०८:२९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...