back
NMB ad

मन्त्रालयको चेतावनी : बिदा नलिई लोक सेवाको तयारी गर्ने कर्मचारीलाई कारबाही गर्ने

Kumari bank ad

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिदा नलिई लोक सेवा आयोगका परीक्षा तयारी गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बिदा नलिई कार्यालयमा अनुपस्थित हुने कर्मचारीमाथि कारबाही गर्न मन्त्रालयले सूचना निकालेर आयोग, मन्त्रालय र निकायहरूलाई भनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सूचना निकालेर कार्यालयको काममा बाधा नपर्ने गरी अत्यावश्यक कामका लागि मात्रै कर्मचारीलाई बिदा दिन आग्रह गरेका छन ।

‘विगत केही दिनदेखि लोक सेवा आयोगद्वारा सञ्चालन गरिने आन्तरिक तथा खुला परीक्षाको तयारी प्रयोजनको लागि कार्यालय समयमा कर्मचारीहरू अनुपस्थित रहने भन्ने व्यापक जनगुनासो आएकोले अत्यावश्यक कामका लागि मात्रै बिदा दिने,’ कोइरालाले निकालेको सूचनामा भनिएको छ ।

यस्तै, कार्यालयमा सेवा प्रवाहलाई नियमित बनाउन पनि उनले आग्रह गरेका छन ।यसैगरी, बिदा स्वीकृत नगरी कार्यालय अनुपस्थित हुने कर्मचारीको अभिलेख राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।‘बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने कर्मचारीको अभिलेख राखी कारबाही अघि बढाउनु हुन अनुरोध छ,’ सूचनामा उल्लेख छ।

अनुगमनका क्रममा अनुपस्थित हुने कर्मचारीलाई अभिलेख राखेर गयलकट्टी र तलबकट्टी गर्ने मन्त्रालयको भनाइ छ ।परीक्षाका नाममा सरकारी स्रोत साधनहरू दुरूपयोग नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

परीक्षाका नाममा सरकारी स्रोत साधनको दोहन हुने गरेको गुनासासमेतलाई मध्यनजर गरी सरकारी स्रोतको दुरूपयोग रोक्नेतर्फ कारबाही गर्नु हुन अनुरोध छ,’ कोइरालाद्वारा जारी सूचनामा भनिएको छ ।

२०७६ मंसिर ०९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ९ सोमवार ११:३९ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...