back
NMB ad

प्रदेश नं ३ मा सबैभन्दा बढी श्रमिक सूचीकृत, कुन प्रदेशमा कति सूचिकृत ?

Kumari bank ad

काठमाडौ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्षको अवधिमा झण्डै १ लाख १६ हजार श्रमिक योजनामा सहभागी भएकामध्ये प्रदेश नं ३मा बढी श्रमिक देखिएका छन ।

मङ्गलबारसम्म कोषमा १ लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ । त्यस्तै १० हजार ४ सय ७७ प्रतिष्ठानसमेत सूचीकृत भएका छन । कोषमा १८ करोड १३ लाख २ हजार ७ सय ८१ रुपैयाँ ३१ पैसा योगदान रकम सङ्कलन भएको छ ।

सूचीकृत हुने श्रमिकमा सबैभन्दा बढी प्रदेश नं ३बाट रहेका छन्। सो प्रदेशबाट ८७ हजार २ सय ४२ श्रमिक सूचीकृत भएको पाइएको छ । त्यस्तै प्रदेश नं १बाट १५ हजार ७ सय ३५, प्रदेश नं २ बाट ६ हजार ८ सय ५२, गण्डकी प्रदेशबाट ३ हजार ११ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ ।

यस्तै प्रदेश नं ५बाट २ हजार २ सय ७ श्रमिक सूचीकृत भएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशबाट श्रमिक सूचीकृत भएका छन्। सो प्रदेशबाट अहिलेसम्म जम्मा १ सय ५० श्रमिक सूचीकृत भएको कोषले जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशबाट ४ सय ९ श्रमिक कोषमा आबद्ध भएका छन ।

यसैगरी प्रदेश नं ३बाट सबैभन्दा बढी ७ हजार ४६ प्रतिष्ठान कोषमा सूचीकृत भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट १ सय ५वटा प्रतिष्ठान कोषमा दर्ता भएका छन ।

प्रदेश नं १बाट १ हजार ७ सय ६, प्रदेश नं ५बाट ६ सय १०, गण्डकी प्रदेशबाट ४ सय ८७, प्रदेश नं २बाट ४ सय १३ र सुदूरपश्चिम प्रदेशबाट १ सय १० प्रतिष्ठान सूचीकृत भएको कोषले जनाएको छ । हालसम्म सूचीकरणमा ६९ जिल्ला समेटिएका छन । –रासस

२०७६ मंसिर ११ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ११ बुधवार १६:३४ मा प्रकाशित

You can share this post!

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...