back
NMB ad

बैंकले ऋण नदिए मलाई इमेल गर्नुस : अर्थ मन्त्री

Kumari bank ad

काठमाण्डौ । अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्द्धनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद् र ३ वटा सरकारी बैंकहरुबीच सहकार्य गर्न काठमाण्डौको एक होटलमा भएको कार्यक्रममा अर्थ मन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग गर्ने कानुनी व्यवस्था गरेको र त्यस्तो नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही हुने चेतावनी दिनुभयो ।

‘तपाईँहरुले नै जम्मा गरेको निक्षेपबाट बैंकले ऋण परिचालन गर्ने हो, त्यसमा बैंक जिम्मेवार बन्नुपर्छ, उद्यम गर्न चाहनेलाई कुनै बैंकले सानो ग्राहक हो, यसलाई भेट्न जरुरी छैन भन्दै हिच्किचाहट गरेमा हामीलाई सम्पर्क गर्नुहोस, हामीसँग हटलाइन र इमेल पनि छन, अर्थ मन्त्रीको इमेल पनि छ, सबै प्रक्रिया पूरा गर्दा पनि ऋण नपाएको रहेछ भने अर्थ मन्त्रालयले एक्सन लिन्छ ।’

सरकारले स्वरोजगार या उद्यम बन्न चाहने युवालाई ५ देखि ६ प्रतिशतसम्मको ब्याज अनुदानमा विभिन्न प्रकारका ऋणको व्यवस्था गरेको छ ।

वि.सं.२०७६ मंसिर ११ बुधवार १६:३९ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...