काठमाडौं । सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको हो ।
सागको तयारी बारे विहीवार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सागको उद्घाटन र समापनको दिन उपत्यकाका सवारी साधनमा जोर विजोर लागू हुने जानकारी दिनुभयो ।
खनालका अनुसार मंसिर १५ गते सागको उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चलाउन मिल्ने बताउनुभयो । सागको समयमा पुराना गाडी नचलाउन पनि उहाँले आग्रह गर्नुभयो ।
२०७६ मंसिर १२ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १२ बिहीवार १५:०२ मा प्रकाशित