back
NMB ad

कर्मचारीमाथि बैंकहरुको श्रमशोषण ! राष्ट्र बैंकमा पर्यो उजुरी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले कर्मचारीको श्रम शोषण गरिरहेको निष्कर्ष निकालेको छ । केन्द्रीय बैंकमा परेको उजुरीअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरुलाई देनिक १० देखि ११ घण्टासम्म काम लगाएर श्रम शोषण गरेको अनुमान लगाएको हो ।

बैंक तथा वित्तीय संस्थाले काउन्टरमा बस्ने कर्मचारीलाई डिपोजिटको टार्गेट दिने, उनीहरुलाई अनधिकृत रुपमा दैनिक १०(११ घन्टासम्म काम लगाउने गरेको पाइएको राष्ट्र बैंकले जनाउको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ताले भने, “बैंकहरुले गर्ने यस्तो कार्यले सञ्चालन जोखिम बढाउन मद्दत र्पुयाइएको छ ।” उनले प्रचलित नेपालको ऐन कानुनविरुद्ध पनि उनीहरुलाई काममा लगाउने गरेको उजुरी परेको जानकारी दिए । निरौलालले भने, “यी कुराहरुमा राष्ट्र बैंकले सोच्ने बेला आएको छ । र, हामी पक्कै पनि अनुसन्धान तथा अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउछौं ।” उनले यस किसिमको कार्य गर्ने गराउने कामप्रति नियमनकारी निकाय चुप नबस्ने उनको दाबी छ ।

उनका अनुसार केही बैंक तथा वित्तिय संस्थाले कर्मचारीहलाई अतिरिक्त समय काम लगाएर पनि पारिश्रमिक नदिएका उजुरी पनि आइरहेका छन् । राष्ट्र बैंकले अब ती उजुरीका आधारमा छानबिन गर्नेछ । बैंकहरुले कर्मचारीलाई कामको दबाक दिँदा कर्मचारीहरुमा मानसिक त्रास उत्पन्न हुने गरेको छ ।

यस्तो उजुरी आइरहँदा बैंकहरुले कर्मचारी दिने सेवा सुविधा भने कमै देखिन्छ । एउटा बैंकको उाहरण लिन सकिन्छ । बैंकको वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृत एक्लैलाई बैंकले २ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ । जसमा तलबसहित नियम बमोजिम प्रदान गरिने सुविधाहरु (जस्तैः सञ्चयकोष, औषधोपचार, सवारीसाधन सुविधा, मोवाईल फोनको भुक्तानी सुविधा तथा वोनस ऐन बमोजिमको वोनस ईत्यादि) समावेश छन् ।

उल्लेखित प्रतिवेदनमा देखिएको रकम एउटा व्यक्तिका लागि बैंकले प्रतिमहिना १९ लाख ४० हजार रुपैयाँ खर्च गरेको देखिन्छ । सोही बैंकको प्रतिवेदनमा बैंकले प्रबन्धक र सोभन्दा अन्य पदाधिकारीहरुलाई १३ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । प्रतिवेदन गत वर्ष सो बैंकले कुल कर्मचारी खर्च जम्मा १ अर्ब १५ करोड रुपैयाँ गरेको छ । अर्थात् बैंक प्रबन्धक भन्दा सानो पदका कर्मचारीमा बैंकले वर्षभर ९९ करोड रुपैयाँ खर्च गरेको छ ।

बैंकमा सबै पदमा गरी कुल ७ सय ७६ जना कर्मचारी छन् । यसअर्थात् तल्ला पदका कर्मचारीमा बैंकले माथिल्लो पदका कर्मचारीको तुलनामा कम नै खर्च गर्दछ ।

२०७६ मंसिर १२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १२ बिहीवार १५:२५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...