back
NMB ad

आइएमई डबलको डबलको डबल अफरको बम्पर विजेता खाङ्ग

Kumari bank ad

काठमाडौं । आइएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे विरेन्द्र खाङ्ग बन्नुभएको छ । आज राजधानी काठमाडौंमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत श्री खाङ्ग विजेता छनोट हुनुभएको हो ।

विजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाउनुभएको थियो । सेवाग्राही श्री खाङ्गले आफुले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ (८) गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ  प्राप्त गर्नुभएको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरिले संयुक्त रुपमा स्टार्ट बटम क्लिक गरि विजेता छनोट गर्नुभएको थियो ।

लक्की ड्र मार्फत बम्पर विजेता घोषणा गरिएको उक्त कार्यक्रममा मन्तब्य दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकालले रेमिटेन्सको आप्रवाह घट्ना साथ धेरै आर्थिक क्रियाकलाप खुम्चिने भन्दै विदेशबाट आउने रेमिटेन्सलाई औपचारिक संचालबाट भित्र्याउन र नेपाल आइसकेको रेमिटेन्सलार्ई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सकेका देशभित्रै रोजगारीका सम्भावना उजागर हुने औंल्याउनु भयो । अध्यक्ष ढकालले आइएमईले विदेशमा बसेर आर्जन गरेको पुँजीलाई बैंकिङ्ग सञ्जालमार्फत देशमा भित्र्याउन यस्ता योजनाहरु ल्याउने गरेको बताउनुभयो । उहाँले यस्ता पर्व लक्षित योजनाहरुले देशको समग्र अर्थतन्त्र, सेवाग्राही तथा कम्पनीलाई समेत फाइदा पुग्ने बताउनुभयो । यस्ता योजनाले सेवाग्राही तथा कम्पनीे वीचको सम्बन्धलाई थप मजबुत बनाउने बताउँदै आगामि दिनमा पनि यस्ता योजनाहरु ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो समयमा रेमिटेन्स आप्रवाह घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढेकोे बताउनुभयो । त्यस्तै आइएमईका ब्राण्ड एम्बासडर दीपक राज गिरिले आइएमई र आइएमईका सेवाग्राहीहरूवीचको प्रगाढ सम्बन्धले नै आइएमईलाई एक सफल व्यवसायीक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दसैँमा आइएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल स्कीमले थप प्रगाढ बनाउन सफल भएको बताउनुभयो ।

सतहत्तर दिनको योजना अवधिमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभान्वित हुनुभएको छ ।

आइएमईले गत भदौ १५, २०७६ देखि कार्तिक मसान्तसम्म (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९ सम्म) कायम हुनेगरी ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर सार्वजनिक गरेको थियो । अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गर्ने योजना ल्याएको थियो ।

 

२०७६ मंसिर १३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १०:५० मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...