back
NMB ad

कास्कीमा विद्याको अग्रता थप फराकिलो, कांग्रेस उम्मेदवारभन्दा ३७०४ मतले अगाडि

Kumari bank ad

काठमाडौं । प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता थप फराकिलो पारेकी छन् ।

पोखरा महानगरपालिकाको २ वडाको मतगणना सकिँदा भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी हुन् ।

प्राप्त परिणामअनुसार विद्याले ६ हजार ७ सय ९९ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ९५ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् ।

वडा नम्बर ३३ को मत गणना हुँदा विद्याले ३ हजार २ सय मत ल्याएकी थिइन् । कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मत ल्याएका थिए । २१ को मत गणना सकिँदा विद्याले झन् अग्रता बढाएकी हुन् ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।

२०७६ मंसिर १५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १५ आइतवार १०:११ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...