back
NMB ad

निर्वाचन भएका क्षेत्रलाई दुई दिनभित्र समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

Kumari bank ad

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई दिनभित्र उपनिर्वाचन भएका ५२ वटै स्थानको समीक्षा पठाउन सम्बन्धित जिल्लाहरुलाई निर्देशन दिएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा बसेको सचिवालयको बैठकले दुई दिनभित्र सबै निर्वाचन भएका स्थानको समीक्षा केन्द्रमा पठाउन निर्देशन दिने निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको बताए। ‘निर्वाचन भएका सबै क्षेत्रको समीक्षा दुईदिनभित्र केन्द्रमा पठाउन निर्देशन दिने निर्णय भएको छ’, श्रेष्ठले भने।

उपनिर्वाचनमा प्रदेशसभा भक्तपुर र धरान उपमहानगरपालिका लगायत केही वडामा नेकपा पराजित भएको थियो। केही स्थानमा अन्तर्घातका कारण पनि पराजय भएको चर्चा चलेपछि नेकपाले सम्बन्धित क्षेत्रलाई नै समीक्षा गर्न निर्देशन दिएको हो।

सम्बन्धित क्षेत्रको समीक्षा आएपछि मंसिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्ने उनले बताए। पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पहिलो पटक प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो।

नेकपाले यही मंसिर ४ गतेको सचिवालय बैठकबाट सरकार सञ्चालनको जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई र पार्टी सञ्चालनको अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको थियो।

२०७६ मंसिर १८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १८ बुधवार ११:४१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...