back
NMB ad

आकर्षक तलब सुविधा सहित विभिन्न पदमा कर्मचारी माग

Kumari bank ad

काठमाडौं । आकर्षक तलब सुविधा सहित विभिन्न पदमा कर्मचारी माग गरिएको छ । एक सूचना जारी गर्दै किसान विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि १४ जना कर्मचारी माग गरेको हो ।

संस्थाले कार्यक्रम संयोजक र स्थानीय प्रशिक्षक पदमा कर्मचारी मागेको छ । कार्यक्रम संयोजक पदमा १ जना र स्थानीय प्रशिक्षक पदमा १३ जना कर्मचारी आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ ।

संस्थाद्वारा प्रकाशित सूचना अनुसार कार्यक्रम संयोजकको मासिक तलब १ लाख र स्थानीय प्रशिक्षकको मासिक ६० हजार रुपैयाँ तलब रहेको छ ।

मासिक तलबका अलावा कार्यक्रम संयोजकको करार अवधि थप भई सेवा अवधिभित्र दशैं परेमा दशै खर्च बापत १ महिनाको थप तलब पाउनेछन् ।

त्यसैगरी स्थानीय प्रशिक्षकले स्थानीयस्तरको भ्रमण भत्तावापत एकमुष्ठ २० हजार रुपैंयाँ पारिश्रमिक र करार अवधि थप भई सेवा अवधिभित्र दशैं परेमा एक महिनाको तलब दशैं खर्च बापत पाउने संस्थाले जनाएको छ ।

दुबै पदको करार अवधि ६/६ महिना रहेको छ । कार्यक्रम संयोजक पदमा जागिर खान चाहनेले कुनै पनि विषयमा स्नातकोत्तर तह उर्तीण गरी बैंक तथा वित्तीय संंस्थामा कम्तीमा ५ वर्ष काम गरेको वा कुनै विषयमा स्नातक गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा अधिकृत पदमा रही १० वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यसैगरी स्थानीय प्रशिक्षक पदमा जागिर खान चाहने आवेदकले वाणिज्यशास्त्र वा व्यवस्थापन विषयमा स्नातकोत्तर तह उर्तीण वा वाणिज्य वा व्यवस्थापन विषयमा स्ताकत तह उर्तीण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्ष काम गरेको अनुभव लिएको हुनुपर्नेछ ।

प्रविणता तह वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा साना किसान सहकारी संंस्था वा ग्रामीण वित्त वा लघुवित्त क्षेत्रमा ५ वर्ष काम गरेका आवेदकले पनि आवेदन दिन सक्ने संस्थाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

२०७६ मंसिर १९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १९ बिहीवार ०९:२५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...