back
NMB ad

कलङ्‍की-काेटेश्वर सडककाे सर्भिस लेनमा मात्र सवारी चलाउन पाइने

Kumari bank ad

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज र भोलि (मङ्सिर २० र २१) दिउँसोको समयमा कलङ्कीदेखि सातदोबाटो, कोटेश्वरहुँदै सूर्य्विनायकसम्मको सडक प्रभावित हुने जनाएको छ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ प्रतियोगिता सञ्चालन हुने भएकोले उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित हुने भएको हो।

आज शुक्रबार कलङ्की, सातदोबाटो हुँदै कोटेश्वरसम्म सडकको दायाँ बायाँको सर्भिस लेनमा मात्र सवारी चलाउन पाइने महाशाखाले जनाएको छ। महाशाखाले यस सडकखण्डमा अति आवश्यकबाहेक अन्य सवारी नचलाउन आग्रहसमेत गरेको छ।

यस्तै, भोलि शनिबार कलंकीदेखि सातदोबाटो, कोटेश्वरहुँदै सूर्य्विनायकसम्म लामो दूरीको अर्को साइक्लिङ हुने भएकाले उक्त सडकमा पनि दायाँ बायाँको सर्भिस लेनमा मात्र सवारी चलाउन ट्राफिकको आग्रह छ।

शनिबार कोटेश्वरबाट सिधा जगातीतर्फ जाने सम्पूर्ण सवारीसाधन जडीबुटी चोकबाट पेप्सीकोलातर्फ हुँदै पूरानो ठिमी, ब्यासी, कमलविनायक, च्यामासिंहुँदै जगाती चलाउन पनि प्रहरीले आग्रह गरेको छ ।

२०७६ मंसिर २० गते प्रकाशित

वि.सं.२०७६ मंसिर २० शुक्रवार ०८:४८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...