back
NMB ad

शिक्षकलाई तलब खुवाउन डेढ दशकदेखि केरा खेती

Kumari bank ad

काठमाडौं । शिक्षकलाई तलब खुवाउन विद्यालयले डेढ दशकदेखि केरा खेती गर्दै आएको छ। कैलालीको गोदावरी नगरपालिका–१०स्थित खमौरामा रहको घण्टेश्वर मन्दिर आधारभूत विद्यालयले केरा खेती गर्दै आएको छ ।

२०५१ सालमा स्थापना भएको यो विद्यालयमा कुनैपनि स्थायी दरबन्दी छैन। केरा खेतीबाट उठेको पैसाले नै विद्यालयले शिक्षकहरुलाई तलब खुवाउँदै आएको छ। केरा उत्पादन गर्ने जिम्मा स्थानीय लिलावती सिंहले लिएकी छन् ।

‘चार वर्षका लागि विद्यालयको जमिन भाडामा लिएर केरा खेती सुरु गरेको हो’, उनले भनिन्,‘केरा उत्पादनबाट आम्दानी भएको वार्षिक ९५ हजार विद्यालयलाई दिने सहमती भएको छ।’

स्थायी दरबन्दी नभएपछि विद्यालयमा निजीबाट शिक्षक राख्नु परेको विद्यालयका प्रधानाध्यापक अमृता मल्लले बताइन्। विद्यालयले पहलमा केरा खेती सुरु गरेको हो।

यो वर्षबाट विद्यालयले आफ्नो केरा खेती वार्षिक ९५ हजार ठेक्कामा दिएको छ। विद्यालयमा ३ जना राहत, २ जना निजी र २ जना बाल शिक्षक रहेका छन्।

कूल ९२ जना विद्यार्थी भएको विद्यालयमा निम्न आय भएका परिवारका विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन्। (अन्नपूर्ण पोष्टबाट)

२०७६ मंसिर २० गते प्रकाशित

वि.सं.२०७६ मंसिर २० शुक्रवार ०९:४५ मा प्रकाशित

You can share this post!

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...