back
NMB ad

शनिबार सबैको लघुवित्तको एजीएम, बोनसपछि फेरि १००% हकप्रद

Kumari bank ad

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले शनिबार मंसिर २१ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १३ प्रतिशत बोनस वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

यसैगरी, कर तिर्न थप ११ लाख २८ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद पनि दिनेछ । सभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दीपुर ५, तनहुँमा बिहान ११ बजे सुरु हुनेछ ।

बोनसपछि कायम हुने पुँजीबाट १०० प्रतिशत हकप्रद ल्याउने अर्को विशेष प्रस्ताव पनि छ । हाल यस कम्पनीको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ ।

बोनस वितरणपछि पुँजी १८ कराड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ । कम्पनीले यही पुँजीबाट १८ लाख ६४ हजार ५०० कित्ता (१००%) हकप्रद ल्याउन लागेको हो ।

सभामा कम्पनीले अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लैजानेछ ।

आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते बुक क्लोज गरेको छ । मंसिर ४ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् । यस लघुवित्तले गत साउनमा आइपीओ जारी गरेको थियो ।

२०७६ मंसिर २० गते प्रकाशित

वि.सं.२०७६ मंसिर २० शुक्रवार १०:४५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...