back
NMB ad

प्रधानमन्त्रीले खेलाडीलाई बालुवाटारमा बोलाएर बधाई दिने, पुरस्कार पनि घोषणा गरिने

Kumari bank ad

काठमाडौं । १३औँ सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बोलाएर बधाई दिनुहुनेभएको छ ।

बुधबार दिउँसो २ बजे बालुवाटारस्थित ठूलो हलमा नेपालका पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्रीले बधाई दिने कार्यक्रम तय भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

नेपाली खेलाडीहरुले हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानी ५१ वटा स्वर्ण पदक जितेलगत्तै प्रधानमन्त्रीले मंगलबारै भिडियो सन्देशमार्फत् बधाई दिइसक्नुभएको छ ।

आज बालुवाटरमा हुने कार्यक्रममा प्रधानमन्त्रीले पदक विजेता खेलाडीहरुलाई सरकारको तर्फबाट पुरस्कार पनि घोषणा गर्ने सल्लाहकार थापाले जानकारी दिनुभयो ।

’प्रधानमन्त्रीले सबैल खेलाडीहरुलाई बालुवाटारमै भेटेर बधाई दिनुहुनेभएको छ’, थापाले भन्नुभयो, ’त्यसक्रममा खेलाडीहरुका लागि आवश्यक सहयोग र पुरस्कार राशिको पनि घोषणाा हुनेछ ।’

एपेन्डिसाइटिस भएर मंसिर १० गतेदेखि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीले सागको उद्घाटनमा विशेष सम्बोधन गर्न पाउनुभएको थिएन् ।

एपेन्डिसाइटिसको अपरेशनपछि १० आराम गर्नुपरेकाले मंगलबार भएको समापनमा दशरथ रंगशाला जान नपाउनुभएका प्रमले पदक विजेता खेलाडी, प्रशिक्षक र खेलसंस्थाका पदाधिकारीलाई भेटेर बधाई दिनुहनेभएको हो ।

नेपालले घरेलु भूमिमा भएको १३औँ सागमा कीर्तिमानी ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जित्दै भारतपछि दोस्रो स्थानमा रहेको थियो । नेपालले यसअघि सन् १९९९ मा घरेलु भूमिमै भएको सागमा ३१ स्वर्ण जितेको थियो ।

२०७६ मंसिर २५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २५ बुधवार १२:२९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...