back
NMB ad

सहकारी बैठकमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको दोहोरी !

Kumari bank ad

काठमाण्डौँ । प्रधानमन्त्री केपी ओलीले पछाडि पारिएका र असङ्गठित समुदायलाई सङ्गठित पार्ने माध्यमका रुपमा रहेको सहकारी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् भने उपप्रधानमन्त्री तथा सहकारी मन्त्री चित्रबहादुर केसीले आफूलाई नाम दिएको तर अधिकार नदिएका कारण गरिब जनताको सेवा गर्न नपाएको बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड(नेफ्स्कुन)द्वारा आयोजित ‘वित्तीय समावेशीकरणको लागि साकोसमा सञ्जाल व्यवस्थापन’ विषयको गोष्ठीलाई हिजो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी प्रवद्र्धन सरकारको प्राथमिकता क्षेत्रमा परेका कारण यो क्षेत्र हेर्न सहायक, राज्य वा मन्त्री नदिई उपप्रधानमन्त्री नै दिएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रलाई प्राथमिकता दिएका कारण पाको उपप्रधानमन्त्री दिएको भनाइ कार्यक्रममा राखेपछि उपप्रधानमन्त्री केसीले असन्तुष्टि जनाउँदै ‘कुराले पेट भरिन्न, उपप्रधानमन्त्री बनाइदिएर मात्र हुन्छ ? अधिकार कहीँ छैन’ भनेका थिए । ‘सहकारी तथा गरिबी निवारणको बोर्ड मात्र छ, गरिब जनता मन्त्रालयमा आउँछन् तर उनीहरूलाई केही दिन सकिन्न, दिने अधिकार त प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयसँग मात्र रहेछ,” उपप्रधानमन्त्री केसीले गुनासो गरे ।

आजसम्म चल्ने गोष्ठीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घमा आबद्ध संस्थाका तीनसय कार्यकारी अधिकृतको सहभागिता रहेको छ । सहकारी संस्थामा आधुनिक प्रविधि कसरी अङ्गिकार गर्ने भन्ने विषयका नौवटा कार्यपत्र गोष्ठीमा प्रस्तुत गरिने छ ।

१९ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १९ शुक्रवार १३:१६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...