back
NMB ad

वैद्यज अर्गनाइजेशनको तीनवटा नयाँ उत्पादन : हेभी इक्विपमेन्ट बिक्रीमा क्षमता विस्तार

Kumari bank ad

काठमाडौं । वैद्यज अर्गनाइजेशन अफ इण्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेज (भोइथ) अन्तर्गत युहिम ’युनाइटेड हेभी इक्विपमेन्ट एण्ड अर्थमुभर्स’ ले तीनवटा नयाँ उत्पादन सार्वजनिक गरेको छ ।

एक वर्ष अगाडि (सन् २०१८) मा स्थापना भएको कम्पनीले आइतबारबाट सनवार्ड, सिनोम्याक र नियोसन कम्पनीका एक्साभेटर, ग्रेडर र ब्रेकर लगायत अत्याधुनिक उपकरणको औपचारिक रुपमा विक्री वितरण सुरू गरेको छ ।

कम्पनीका अनुसार सनवार्ड, सिनेम्याक र नियोसन कम्पनीको हेभि इक्विपमेन्टमा जापान, दक्षिण कोरिया, जर्मनी लगायत मुलुकमा उत्पादित अन्तर्राष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्ट्स समावेश गरिएको छ।

यी उपकरण हुण्डाई र कोमात्सुलगायत कम्पनीको उपकरणमा पनि प्रयोग गरिएको कम्पनीले जनाएको छ । चिनिया उपकरण कमसल रहने धारणालाई हटाउँदै अन्तर्राष्ट्रिय स्तरको उपकरणले ग्राहकको विश्वास जित्ने कम्पनीले जनाएको छ ।

क्याटरपिलर, कोमात्सु र कोबेल्को लगायत प्रतिस्पर्धी कम्पनीका हेभी इक्विपमेन्ट आफ्नो प्रतिस्पर्धी रहेको कम्पनीले जनाएको छ ।

युहिमले निर्माण उपकरणको गुणस्तर, प्रविधि र विश्वसनियतामा कहिल्यै सम्झौता नगर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।कम्पनीले आयात गरेको निर्माण उपकरणले मुलुकको ’ए क्लास, बी क्लास,’ विदेशी कन्ट्र्याक्टर साथै हाइड्रोपावर क्षेत्रमा टेवा र्पुयाउने जनाएको छ ।

कम्पनीले बिक्री वितरण गर्दै आएको उपकरण धादिङ, बुटवल, कपिवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु र चितवन लगायतका क्षेत्रका निर्माण स्थलमा प्रयोग हुँदै आएको जनाएको छ ।

ग्राहकले धुम्बराहीस्थित कम्पनीको प्रमुख कार्यालयमा बिक्री पछिको सेवा लिन र स्पेयर पार्ट्स खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार ग्राहक लक्षित सुविधाका लागि भैरहवामा पनि आफ्नो शाखा सञ्चालनमा ल्याइसकेको छ ।

२०७६ मंसिर ३० गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३० सोमवार ११:४४ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...