back
NMB ad

अब सबै स्थानीय तहमा सार्वजनिक पुस्तकालय

Kumari bank ad

काठमाडौं । सरकारले सबै स्थानीय तहमा कम्तीमा एउटा सार्वजनिक पुस्तकालय स्थापना गर्ने भएको छ ।

यस्ता पुस्तकालयलाई आधुनिक सूचना तथा सञ्चार प्रविधियुक्त बनाइने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको शिक्षा नीतिमा उल्लेख छ ।

नीतिमा पुस्तकालयलाई जनोपयोगी, सेवामुखी र आत्मनिर्भर बनाउँदै लैजाने एवं यस्ता पुस्तकालयबाट स्थानीय तहका सबै वडाहरूमा स्याटलाईट तथा घुम्ती पुस्तकालय सेवा सञ्चालन गरिने जनाइएको छ ।

आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै शैक्षिक संस्थाहरूमा पुस्तकालय विकास, व्यवस्थापन तथा सञ्चालनको मापदण्ड तयार गरी पर्याप्त सन्दर्भसामग्री सहितका पुस्तकालयहरू स्थापना गरिने मन्त्रालयका पवक्ता दीपक शर्माले बताए।

आजीवन सिकाइ तथा निरन्तर शिक्षाको लागि स्थानीय तहको प्रत्येक वडामा सामुदायिक सिकाइ केन्द्र स्थापना गरी आवश्यकता अनुसार विस्तार तथा सुदृढीकरण गरिने पनि सरकारी योजना छ ।

अनौपचारिक तथ्यांक अनुसार अहिले मुलुकभर एक हजार ५ सयको हाराहारीमा सार्वजनिक पुस्तकालय छन् ।

२०७६ मंसिर ३० गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३० सोमवार १७:०४ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...