काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बोनस शेयर सूचिकृत हुनेमा बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंक रहेका छन ।
बैंक अफ काठमाण्डूको ४८ लाख ३७ हजार ८६० कित्ता र एनआईसी एशिया बैंकको ८८ लाख ३४ हजार २२८ दशमलव ७० कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेको सूचनामा उल्लेख छ । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन।
२०७६ पुस ०३ गते प्रकाशित
वि.सं.२०७६ पुस ३ बिहीवार १३:३१ मा प्रकाशित