back
NMB ad

हेर्नुहोस् ! कुन बैंकले दिए कति लाभांश ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं ।  गत आर्थिक बर्षको मुनाफाबाट बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । सबै भन्दा धेरै लाभांश दिने बैंकमा एनएमबि बैंक बनेको छ ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना लगानिकर्तालाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस लाभांश दिएको छ ।

नविल बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस गरि ३४ प्रतिशत लाभांश दिएको छ । त्सस्तै गरि बढी लाभांश दिने बैंकमा सिद्धार्थ पनि परेको छ ।

बैकले बोनस सेयर १० प्रतिशत छ भने नगद लाभांश १५.२६ प्रतिशत गरी कुल २५.२६ प्रतिशत लाभांश दिएको छ । ग्लोबल आइएमई बैंकले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नै नगद लाभांशसहित २५.५० प्रतिशत लाभांश दिएको छ ।

कृषि विकास बैंकले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । एभरेष्ट बैंकले ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश सहित २५ प्रतिशत लाभांश दिएको छ भने नेपाल बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसैगरी सिभिल बैंकले ६.५७ प्रतिशत, मेगाले ११.७५ प्रतिशत र स्ट्यान्डर्डले २२.५ प्रतिशत नगद लाभांश दिने भएका छन् । २५ वटा बैंकमा सबैभन्दा कम लाभांश दिने बैंकमा सिभिल बैंक रहेको छ । सिभिल, मेगा र स्टयान्डर्ड चार्टर्ड बैंकहरुले बोनस नदिने र नगद लाभांश मात्रै दिने गरेका छन् ।

सिभिलले ६.५७, मेगाले ११.७५ र स्टयान्र्डडले २२.५ प्रतिशत नगद लाभांश दिने भएको हुन् । अघिल्ला वर्षहरुमा बैंकहरुले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउनको लागि बोनसको पनि साथ लिएका थिए ।

८ अर्ब पुँजीको चटारोमा रहेका बैंकहरु अब २० अर्ब हाराहारीमा पुँजी पुर्याउने तर्खरमा लागेका छन। यति बेला बैंकहरुलाई पुँजीको चटरो छैन । त्यसैले गर्दा पनि नगदमा भन्दा बोनसमा बढी ध्यान गएको लगानीकर्ताको भनाई छ ।

यस्तै गत आव भन्दा बैंकहरुले आव २०७४र ७५ मा बोनसमा भन्दा नगद लाभांशमा बढी ध्यान दिएको देखिएको छ । आत २०७४र७५ मा १६ वटा बैंकहरुले मात्रै लगानीकर्तालाई बोनस दिएका थिए ।

उक्त आवमा सबैभन्दा बढी बोनस दिने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंकको रहेको थियो । बैंकले १८ प्रतिशत बोनस सहित ४० प्रतिशत लाभांश दिएको थियो ।

उत्त आवमा सबैभन्दा बढी लाभांश दिने बैंकमा पहिला इन्भेष्टमेन्ट, दोस्रोमा नबिल बैंकको ३४ र एनएमबी बैंकको ३० प्रतिशत रहेको थियो ।

अघिल्लो आवमा बैंकहरुले बोनस भन्दा बढी नगद लाभांश नै दिएका थिए । अघिल्लो आवमा माछापुच्छे«, एभरेष्ट, नेपाल बंगलादेश, स्टयान्डर्ड, चार्टर्ड, सनराइज, सानिमा, ग्लोबल आईएमई बैंकले नगद लाभांश मात्रै दिएका थिए ।

२०७६ पुस ०४ गते प्रकाशित

वि.सं.२०७६ पुस ४ शुक्रवार १०:२० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...