back
NMB ad

यी दुई वित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति : मर्जपछि नाम के ? समितिमा को-को ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वित्तिय संस्थालाई एकीकृत कारोवारका लागि अन्तिम स्वीकृत दिएको छ । कालिका र जनसेवीबिच एकीकृत कारोबार गर्न बिहीवार अन्तिम स्वीकृती दिएको हो ।

बैंकले स्याङ्जाको वालिङमा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र पर्वतको कुश्मामा रहेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाभ्नेर गाभिनको लागि राष्ट्र बैंकमा बुझाएको अन्तिम सम्झौतामा अन्तिम स्वीकृती दिएको हो ।

कालिका लघुवित्तले जनसेवी लघुवित्तलाई गाभे पश्चात संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहने गरि राष्ट्र बैंकले स्वीकृती दिएको हो ।

मर्जरपछि संस्थाको अध्यक्षमा साविक जनसेवी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विकास गौचन हुनेछन् भने पहिलो साधारण सभाबाट अध्यक्षको जिम्मेवारी कालिका लघुवित्तका अध्यक्ष कृष्ण खाँणले गर्ने सहमति भएको छ ।

पोखरा महानगरपालिका १० मा केन्द्रीय कार्यालय रहने उक्त लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा कालिका लघुवित्तका हालका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा रहने सहमति भएको छ ।

उक्त लघुवित्तलाई अन्तिम स्वीकृती भएको मितिले एक महीना भित्र एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

संस्थागत रुपमा कालिका लघुवित्तको प्रवन्धपत्र तथा नियमावलीमा अधिकृतपूँजी रू.५० करोड, जारीपूँजी रू.१० करोड ८० लाख तथा चुक्तापूँजी रू.१० करोड ८० लाख रहको छ भने जनसेवी लघुवित्तको अधिकृतपूँजी रू.३० करोड, जारीपूँजी रू.१४ करोड ४३ लाख ३० हजार र चुक्तापूँजी रू.१४ करोड ४३ लाख ३० हजार रहेकोमा गाभिए पछि बन्ने संस्थाको कुल अधिकृतपूँजी रू.५० करोड तथा चुक्तापूँजी रू. २५ करोड २३ लाख ३० हजार बराबर हुनेछ ।

दुबै संस्थाको गरि हाल कुल ९६ ओटा शाखा कार्यालय रहेको छ । त्यसैगरी ती कम्पनीले ५७ हजार ५०० सक्रिय सदस्यहरुलाई सेवा दिइरहेका छन् ।

दुबै संस्थाले सदस्यहरुबाट ९८ करोड ५३ लाख बचत संकलन तथा बैंक तथा वित्तीय संस्थाहरुबाट रू.१ अर्ब २० करोड कर्जा लिई कुल रू.२ अर्ब ४८ करोड सदस्यहरुमा लगानी गरिरहेको छ ।

हाल दुबै कम्पनीले २६ ओटा जिल्ला मार्फत सेवा र्पुयाइरहेकोमा यसै आर्थिक वर्ष भित्रमा लघुवित्त सेवाको पहुँच नपुगेका जिल्लाहरुमा थप ३० ओटा शाखा विस्तागरि सेवा विस्तार गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी दिए ।

मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिमा विकास गौचन,कृष्ण खाँण, मेघनाथ सुवेदी, सन्तोष श्रेष्ठ, शान्ता कुमारी उप्रेती, विश्वराज नेपाल र स्वतन्त्र तथा विशेषज्ञ सञ्चालकमा सीए अनुराग वाग्ले रहने छन् ।

२०७६ पुस ०५ गते प्रकाशित

वि.सं.२०७६ पुस ५ शनिवार ०८:४० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...