back
NMB ad

सिभिल बैकका कुन तहका कर्मचारीको कति तलब/भत्ता ? यस्तो छ विवरण (सूचिसहित)

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि गत आर्थिक वर्षमा १ करोड ३६ लाख ६२ हजार ९१ रुपैयाँ खर्च गरेको छ । बैंकको सीइओमा युवा बैंकर गोविन्द गुरुङ छन् ।

गुरुङलाई बैंकले गत आर्थिक वर्ष ६५ लाख ४ हजार रुपैयाँ तलब, ३४ लाख ७८ हजार ७ सय रुपैयाँ भत्ता, ७ लाख ६७ हजार ९ सय रुपैयाँ दशैं खर्च, ६ लाख ५० हजार ४ सय रुपैयाँ सञ्चय कोष र २९ लाख ४५ हजार ९१ रुपैयाँ बोनस गरी कूल १ करोड ३६ लाख २६ हजार ९१ रुपैयाँ खर्च गरेको हो ।

बैंकले खर्च गरेको सबै रकम सीइओको खल्तीमा जाँदैन । आफ्नो कमाईबाट सीइओ गरुङले राजयलाई ३६ प्रतिशत कर तिरेका छन् ।

त्यसैगरी, बैंकले उच्च व्यवस्थान तहमा रहेका अन्य कर्मचारीका लागि गत वर्ष ५ करोड ६७ लाख ६३ हजार १ सय ३५ रुपैयाँ तलब, ४ करोड २७ लाख ७४ हजार ३ सय ५२ रुपैयाँ भत्ता, ५६ लाख ८० हजार ५ सय ९१ रुपैयाँ दशैं खर्च , ५६ लाख ७६ हजार ३ सय १४ रुपैयाँ कर्मचारी सञ्चय कोष र १ करोड ९६ लाख ८५ हजार ७ सय ५३ रुपैयाँ बोसनका लागि खर्च गरेको छ ।

त्यसैगरी, बैंकले कर्मचारीहरुका लागि ७९ करोड २९ लाख १८ हजार १ सय ७९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै, ६४ करोड ६६ लाख २७ हजार ७ सय ६२ रुपैयाँ कार्यालय सञ्चालन खर्च गरेको छ ।

बैंकले आज सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदन अनुसार कुल व्यवस्थापनका लागि १ अर्ब ४३ करोड ९५ लाख ४५ हजार ९ सय ४१ रुपैयाँ खर्च गरेको छ । बैंकले लगानीकर्तालाई ६.५७ प्रतिशत लाभांभ दिएको छ । लगानीकर्ताले पाउने लाभांश भने निकै कम हो ।

२०७६ पुस ०६ गते प्रकाशित

वि.सं.२०७६ पुस ६ आइतवार १४:०५ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...