back
NMB ad

एनबी बैंकमा कस्ले बुझ्यो कति तलब भत्ता ? शेयरधनीको चरम विरोध !

Kumari bank ad

काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले वार्षिक एक करोड ४१ लाख रूपैयाँको तलबभत्ता तथा अन्य सुविधा बुझेका छन।

त्यस्तै उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले तीन करोड ७९ लाख रूपैयाँको तलब र एक करोड ९ लाख रूपैयाँ बराबरको भत्ता सुविधा बुझेका छन ।

सञ्चालकहरूले गत आर्थिक वर्षमा २१ लाख ७४ हजार रूपैयाँ बैठक भत्ता बुझेका हुन । त्यस्तै कुल कर्मचारी खर्च भने ९७ करोड ९८ लाख रूपैयाँ छ । साथै कार्यालय सञ्चालन खर्च ५० करोड ८ लाख रूपैयाँ छ ।

बैंकको सोमबार भएको २५ औ वार्षिक साधारणसभामा बोल्ने क्रममा शेयरधनीहरूले सञ्चालक भत्ता धेरै भएको भन्दै विरोध गरे । अन्य बैंकहरूको तुलनामा धेरै नै खर्च भएको भन्दै यसलाई घटाउन उनीहरूले सुझाव दिए ।

बैंकले प्रबन्धपत्र तथा नियमावलीमा सञ्चालकको भत्ता बढाउने प्रस्तावसहित संशोधनका लागि पेश गरिएको थियो ।अध्यक्षको बैठक भत्ता २५ हजार र अन्य सञ्चालकको भत्ता २० हजार रूपैयाँ पुर्याधउने प्रस्तावलाई शेयरधनीहरूले चरम विरोध गरेपछि अध्यक्ष जगलाल अहमद भत्ता घटाउने पक्षमा गएका थिए ।

विरोधपछि अध्यक्षको भत्ता २० हजार रूपैयाँ र अन्य सञ्चालकको भत्ता १६ हजार रूपैयाँमा झारेर उनले प्रस्ताव गरे पछि भने शेयरधनीले सहमति जनाएका थिए ।

गत वर्ष सञ्चालकको बैठक भत्ता १२ हजार रूपैयाँ थियो। साधारणसभाले सञ्चालक समितिमा एकजना महिला प्रतिनिधित्वलाई अनिवार्य हुने प्रस्तावलाई पारित गरेको छ।

होटल तथा यातायातलगायत सञ्चालकहरूले पाउने सुविधालाई लिएर शेयरधनीले चरम असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर पाउने छन्।

शेयरधनीले भोलिदेखि नै नगद लाभांश वापतको रकम पाउने ढुंगानाले शेयरधनीलाई जवाफ दिए।

२०७६ पुस ०७ गते प्रकाशित

वि.सं.२०७६ पुस ७ सोमवार १५:५८ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...