back
NMB ad

यसकारण नेपाल बंगलादेश बैंकलाई मर्जरमा नजान सुझाव !

Kumari bank ad

काठमाडौं । शेयरधनीले नेपाल बंगलादेश बैंकलाई मर्जरमा नजान सुझाव दिएका छन । संयुक्त विदेशी लगानी रहेको बैंकलाई नेपाल राष्ट्र बैंकले जबर्जस्ती मर्जरमा जान दबाब दिन नहुने उनीहरूको तर्क छ ।

अन्य बैंकहरूसँग मर्जरमा जानुभन्दा आवश्यक परे हकप्रद शेयर निष्कासन गरेर बैंकलाई ठूलो बनाउन उनीहरूले सुझाएका हुन्।

बैंकको सोमबार भएको २५औं साधारणसभामा अधिकांश शेयरधनीले मर्जरमा नजान सुझाए पनि केही शेयरधनीले भने मर्जरमा जाने बहानामा स्वाप रेसियो घटाएर बेच्ने काम नगर्न दबाब दिएका थिए ।

लैलैमा लागेर हतारमा मर्जरको निर्णय नगर्न लगानीकर्ताहरूले सुझाएका हुन । बैंकको कतिपय नउठेको कर्जालाई लिएर उनीहरूले बैंक व्यवस्थापनलाई प्रश्न गरेका थिए । केही समय अगाडि सञ्चार माध्यममा आएका समाचारलाई लिएर बैंकले किन कम धितो मूल्यांकन भएका सम्पत्तिमा कर्जा लगानी गरेको भन्दै जवाफ मागेका थिए।

लगानीकर्ताको प्रश्न तथा गुनासोलाई सम्बोधन गर्दै अध्यक्ष जलाल अहमदले बैंकले आफ्नो लगानी फिर्ता नलैजाने बताए । आइएफआइसी बैंक आफैं ज्वाइन्ट भेन्चर भएकाले नेपालमा पनि आफ्नो ज्वाइन्ट भेन्चरलाई निरन्तरता दिइरहने उनले प्रष्ट्याए ।

अन्य बैंकहरू जस्तो नेपाल बंगलादेश बैंकलाई मर्जरमा जान सहज नभएकाले आफ्नो व्यापार विस्तारमै केन्द्रीत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।

पत्रपत्रिकामा खबर आए जस्तो बैंकको लगानी नडुबेको उनले दाबी गरे। ’बैंकले सधै सम्पत्तिलाई मात्रै हेरेर लगानी नगर्ने हुँदा धितोलाई मात्रै हेरेर लगानी डुबेको भन्न मिल्दैन,’ उनले भने ।

सञ्चार माध्यममा आएको जस्तो १० करोडमध्ये ५ करोड रूपैयाँ उठिसकेको र बैंकसँग उक्त ऋणीको ८ करोड रुपैयाँ बराबरको धितो रहेको भन्दै उनले शेयरधनीहरूलाई आश्वस्त पारेका थिए ।

यसअघि नेपाल राष्ट्र बैंकले ८ अर्ब रूपैंयाँ पुँजी पुर्या उँदा शेयर बजार यति धेरै डामाडोल भएको हुँदा तत्काल १६ अर्ब र्पुयाउने आधार नभएको भन्दै उनले लगानीकर्तालाई जवाफ दिए । कतिपय लगानीकर्ताले ५ वर्षदेखि बैंकको शेयरमा लगानी गर्दा डुबेको भन्दै आक्रोस पोखेका थिए ।

यसै क्रममा उनीहरुले बैंकका सञ्चालक तथा कर्मचारी तलबसुविधा तथा भत्तामा रमाउने, तर शेयरधनीहरूले भने राम्रो लाभांश नपाएको भन्दै साधारणसभामा आक्रोस पोखेका थिए । बैंकले २५ औं वर्षको इतिहास बनाउँदा पनि आफूलाई अग्रणी संस्थाका रूपमा उभ्याउन नसकेको भन्दै प्रश्न गरेका थिए।

लगानीकर्ताका गुनासोको जवाफ दिँदै ढुंगानाले विगतमा बैंकले १० औं वर्ष खुलेर व्यवसाय गर्न नपाएको र पछिल्ला ५र७ वर्षदेखि भने लगातार आफ्नो सबै सूचकहरू सुधार गरिरहेको बताए ।

शेयरधनीले हरिसिद्धि इँटा तथा टायल उद्योगको १६ करोड रूपैयाँसहित २७ वटा कर्जाको ४१ करोड २४ लाख रूपैयाँको प्रोभिजनिङ (नोक्शानी ब्यवस्थापन) प्रतिशत बारे प्रश्न गरेका थिए ।

जवाफमा ढुंगानाले भने ‘हरिसिद्धिको कर्जाका लागि सय रोपनीभन्दा धेरै जग्गा धितोमा छ। यो सहित चालु आर्थिक वर्ष्भित्रमा धेरैवटा कर्जालाई सल्टाउने छौं।’

२०७६ पुस ०८ गते प्रकाशित

वि.सं.२०७६ पुस ८ मंगलवार ०७:४८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...