back
NMB ad

सिटिजन्स बैंकको एटीएमबाट पैसा चोर्ने प्रयास, दुई जना पक्राउ

Kumari bank ad

काठमाडौँ । राजधानीको चन्द्रागिरी नगरपालिका–७ स्थित थानकोट चेकपोस्ट नजिकै रहेको सिटिजन्स बैंकको एटीएम मेसिनबाट पैसा चोर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका वडा–६ घर चन्द्रागिरी ५ स्थित दाउराडिपो बस्ने २४ वर्षीय चित्र बहादुर शाही २० वर्षीय नन्दराज धराल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले एटीएम मेसिन राखेको सटरको ताल्चा तोडी मेसिन समेत फुटाइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । एटीएमको मेसिन भित्र राखेको नगद चोरी गर्ने उद्देश्यले उनीहरुले यो सबै कार्य गरेपनि महानगरीय प्रहरी बृत्त थानकोटको टोली सयममै पुग्दा रकम चोरिनबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुले एटीएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलाको रेन्च, काठको बिड भएको धारिलो हतियार चक्कु समेत बरामद गरेको छ ।  शनिबार राति पक्राउ परेर आइतबार सार्वजनिक गरिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

२०७६ पुस १३ गते प्रकाशित

वि.सं.२०७६ पुस १३ आइतवार १६:४१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...