back
NMB ad

राष्ट्रिय बाणिज्य बैंकले अब यस्ता व्यक्तिलाई काम दिने

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्नातक अध्ययन सकेर कामविहीन बसेकाहरुलाई काम दिने भएको छ ।

बीबीए र बीबीएस दिएर कामविहीन बसेका युवाहरुलाई लक्षित गरी प्रदेश १ मा पनि इम्पावर एकेडेमी कार्यक्रम शुरु गरेको हो । प्रदेश नं ३ बाट शुरु गरिएको यो कार्यक्रम अन्तर्गत प्रदेश नं १ मा ५० जनालाई विभिन्न बैंकमा काम गर्ने गरी पेड इन्टर्न्सिप दिन लागिएको राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले जानकारी दिए ।

उनले यस कार्यक्रमबाट वित्तीय क्षेत्रमा करियर अगाडि बढाउने युवाहरुले तीन महिना राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ सम्बन्धी काम गर्ने गरी पेड इन्टर्न्सिप पाउने बताए ।

राष्ट्रिय वाणिज्य बैंकले पत्रकार सम्मेलन आयोजना गरी आरबीबी इम्पावर एकेडेमीको उद्देश्य र सहभागिताको तयारी बारे जानकारी गराएको छ ।

प्रदेश नं १ का लागि शनिवार देखि अनलाइन निशुल्क आवेदन खोलिने बताइएको छ । छनौट भएका ५० जनालाई तीन दिने टेक्निकल, व्यवहारिक र प्राक्टिकल तालिम दिएपछि सम्बन्धित बैंकमा खटाइने बताइएको छ ।

२०७६ पुस १५ गते प्रकाशित

वि.सं.२०७६ पुस १५ मंगलवार १३:२७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...