back
NMB ad

२४ प्रतिशत बोनस शेयर पारित गर्न स्वाभिमान लघुवित्तले डाक्यो साधारण सभा

Kumari bank ad

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा माघ १० गते बोलाएको छ । कम्पनीले डार्सिज इन्टरनेशनल होटल, बुटवलमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सो मितिमा सभा गर्ने निर्णय गरेको हो । कम्पनीले सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २४ प्रतिशत बोनस शेयर र १ दशमलव २७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

साथै, कम्पनीले बोनस शेयर वितरणपश्चात कायम हुन आउने जारी तथा चुक्ता पूँजीको ३३ दशमलव ३३ प्रतिशत अर्थात ३ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ ।

साधारण सभाको अन्य प्रस्तावमा सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने र अन्य लघुवित्तसँग मर्जर वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने विषयहरु रहेका छन् ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस २५ गतेदेखि माघ १० गतेसम्म बन्द हुने भएको छ । यस अनुसार पुस २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२०७६ पुस १७ गते प्रकाशित

वि.सं.२०७६ पुस १७ बिहीवार १०:३३ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...