back
NMB ad

आइतवार स्वावलम्बन लघुवित्तको ४०% लाभांश पारित हुदैं

Kumari bank ad

काठमाडौं । आकर्षक लाभांश प्रस्ताव सहित स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आइतवार १८ औं वार्षिक साधारण सभा बोलाएको छ ।

यस वर्ष कम्पनीले शेयरधनीहरुका लागि २६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १४ प्रतिशत नगद लाभांश प्रस्ताव सभा पेश गर्दैछ । कम्पनीले हाल कायम रू.६२ करोड ८८ लाख ८८ हजारको आधारमा उक्त लाभांश दिन लागेको हो ।

सभा विहान ११ बजे एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा शुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले पुस १ गतेदेखि बुक क्लोज गरेकाले मंसिर ३० गतेसम्म शेयर कायम गरेका सदस्यहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको २६ प्रतिशत बोनस शेयरमा पुस १ गते मूल्य समायोजन गरेको थियो । नेप्सेले बोनस पश्चात रू. ८१८ दशमलव २५ प्रतिशत मूल्य तोकेको हो ।

यो मूल्य बिहीवारसम्मको कारोबारमा रू.८६२ कायम भएको छ । यस दिन कम्पनीको मूल्य रू.८ ले बढेको हो । मूल्य समायोजन पश्चात पनि कम्पनीको मूल्य बढेको छ ।

यस कम्पनीले चालू आर्थिक वर्षको व्यवसायिक योजना बमोजिम ६१ ओटा जिल्लामा ५ ओटा शाखा तथा उपशाखा कार्यालय थप गरी १४३ ओटा कायम गरिसकेको छ ।

यस आर्थिक वर्ष्भित्र रू.१८ अर्ब ८४ करोड कर्जा प्रवाह र रू.१० अर्ब २३ करोड निक्षेप संकलन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।सोही लक्ष्य बमोजिम कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू.१५ अर्ब २९ करोड कर्जा प्रवाह र रू.७ अर्ब ९९ करोड निक्षेप संकलन गरेको छ ।

२०७६ पुस १८ गते प्रकाशित

वि.सं.२०७६ पुस १८ शुक्रवार १५:१२ मा प्रकाशित

You can share this post!

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ११ शुक्रवार ११:१०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने...

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब   

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:५८

वीरगञ्ज (पर्सा), ११ जेठः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको...

सुनको भाउ घट्ने क्रम जारी, आज कति घट्यो ?

सुनको भाउ घट्ने क्रम जारी, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:४६

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी गिरावट...

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी   

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:३४

 काठमाडौँ, ११ जेठः सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन...

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:५८

फुङ्लिङ (ताप्लेजुङ) ११ जेठः जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ...

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...