back
NMB ad

बागलुङ महोत्सवमा १० करोडको कारोबार

Kumari bank ad

बागलुङ । सोमवार सम्पन्न छैटौं बागलुङ महोत्सवमा करीब १० करोड रुपैयाँको कारोबार भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा भएको महोत्सव पुस ११ गते शुरू भएको थियो ।

बागलुङको कला, संस्कृति, पर्यटन र व्यापार व्यवसायलाई प्रवर्द्धन गर्न आयोजित महोत्सवमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको संघका महासचिव नरेश कँडेलले जानकारी दिए । कति मुनाफा भयो र कति खर्च भन्ने हिसाब चाँडै सार्वजनिक गरिने उनले बताए ।

कँडेलका अनुसार महोत्सवमा करीब रू. ४० लाख जतिको टिकट विक्री भएको छ । महोत्सव सफल भएकोले अर्कोपटक महोत्सव आयोजना गर्न हौसला प्राप्त भएको उनले थपे ।

महोत्सवमा राखिएका जिल्लाका पर्यटकीय स्थलको जानकारीका साथै होमस्टेका परिकार र कृषि प्रदर्शनीले जिल्लाबारे जानकारी गराउन सफल भएको उनको भनाइ छ ।

महोत्सवमा प्याराग्लाइडिङ, पुरुष भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, खुला लोकनृत्य प्रतियोगिता, तारो हान्ने खेल लगायत गरिएको थियो ।

महोत्सवको आम्दानीबाट आर्थिक पत्रकारिता पुरस्कार स्थापना र बागलुङ बजारभित्रका सीसी टिभी क्यामेरा मर्मत गर्ने तयारी उद्योग वाणिज्य संघले गरको छ ।

२०७६ पुस २३ गते प्रकाशित

वि.सं.२०७६ पुस २३ बुधवार ११:२१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...