back
NMB ad

अब नर्सिङ अध्ययनमा पुरुषलाई पनि १० प्रतिशत आरक्षण

Kumari bank ad

काठमाडौं । सरकारले नर्सिङ अध्ययनका लागि अब पुरुषलाई पनि १० प्रतिशत आरक्षण कोटा छुट्टयाउने भएको छ । महिलाले मात्र अध्ययन गर्ने परिपाटीलाई तोड्दै सरकारले यस वर्षदेखि पुरुषलाई पनि १० प्रतिशत कोटा छुट्टयाएको हो ।

बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति कर्मचारीको छलफलका क्रममा बोल्दै स्वास्थ्यसचिव खगराज बरालले सो कुराको जानकारी दिएका हुन् ।

सचिव बरालले नर्सिङ भर्नासम्बन्धी विज्ञापन गर्दा अब १० प्रतिशत पुरुषका लागि आरक्ष कोटा छुट्टयाउने बताए । पुरुष भर्ना नभए स्वत महिलाले भर्ना हुन पाउने व्यवस्था गरिने समेत स्वास्थ्यसचिव बरालले जानकारी दिए ।

त्यस्तै बैठकमा आगामी वर्षदेखि अनमी, अहेव लगायतको अध्ययन पनि खारेज हुने जानकारी दिइएको छ । त्यसका लागि सिटीइभिटीलाई पनि निर्देशन दिइसकेको छ भने एसईईपछि ३ वर्षे कोर्ष हेल्थ असिष्टेन्टको पढाई सुरु हुने जनाइएको छ । अहिले सरकारी सेवा ७८ जना पुरुष नर्स रहेका छन् ।

२०७६ पुस २४ गते प्रकाशित

वि.सं.२०७६ पुस २४ बिहीवार १४:५२ मा प्रकाशित

You can share this post!

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....