back
NMB ad

नटराज बहुउद्देश्यीय कृषि समुहको प्रथम साधारण सभा भव्यताका साथ सम्पन्न

Kumari bank ad

काठमाण्डौं । काठमाण्डौं चन्द्रागिरी नगरपालिका १२ बलम्बु स्थित नटराज बहुउद्देश्यीय कृषि समुहको प्रथम साधारण सभा नैकाप स्थित टावर फुड ल्याण्डमा शनिबार भव्यताका साथ सम्पन्न भएको छ । समुहका कार्यबाहक अध्यक्ष गोपाल प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न साधारण सभामा कृषि विकास शाखाका अनिल कुमार शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

राष्ट्रिय गानका साथै प्रमुख अतिथिबाट दिप प्रज्वलन गरी उद्घाटन गरिएको सभालाई सम्बोधन गर्दै प्रमुख अतिति शर्माले कृषि विकास शाखाले हालसम्म गरेका कार्य र आगामी कार्ययोजनाका बारेमा बताउनुभयो । साथै काठमाण्डौंबासीलाई कौशि खेतीको आवश्यकता रहेको हुनाले यसमा शाखाले सहयोग गर्ने बताउनुभएको थियो ।

कृषि विकास शाखाले हिउँदे तथा वर्षे तरकारी एवं फलफुलका बिरुवा वितरण गर्ने , माटो परिक्षण गर्ने लगायतका कार्य गर्ने गरेको हुँदा सो को बारेमा जानकारी लिई प्रदान गरिने सुविधा लिन समेत अनुरोध व्यक्त गर्नुभयो ।

सभामा कोषाध्यक्षका तर्फबाट बसन्ता कुमारी के.सी.ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।समुहका सचिव सुनिता सिंखडाले कार्यक्रम संचालक गर्नुका साथै वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा संस्थाका तर्फबाट कार्यसमिति सदस्य शुशिल पण्डितले समुहको विगत र वर्तमान अवस्थाका बारेमा बताउँदै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नटराज बहुउद्देश्यीय कृषि समुहका सल्लाहकार रामहरी लम्साल सहित ३ सदस्यिय निर्वाचन मण्डलले गोपाल प्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको चयन गरेको छ । जसको उपाध्यक्षमा शुशिल पण्डित, सचिवमा सुनिता सिंखडा, सह सचिवमा शुभकान्त वाग्ले, कोषाध्यक्षमा कृष्णप्रसाद सुवदी, सदस्यहरुमा बसन्ता कुमारी के.सी.,अष्टमाया श्रेष्ठ, नारायणदेवी श्रेष्ठ र रोजी तण्डुकार चयन हुनुभएको छ ।

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार ११:२० मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...