काठमाडौं । एनसीसी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत छ ।
बैंकले बचततर्फ अधिकतम ६.५० र न्यूनतम ३ प्रतिशत छ । बैंकले हाल १४ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।बैंकको असोज मसान्तसम्मको आधार दर १०.७७ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा अधिकतम १६.७७ प्रतिशत ब्याज लाग्ने छ ।
बैंकबाट सेयर धितोकर्जा, पर्सनल लोन, होम लोन, शैक्षिक धितोकर्जा लिँदा १६.७७ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट सवारी साधान खरिदका लागि ऋण लिँदा १४.७७ प्रतिशत ब्याज लाग्ने छ ।
कुनमा कति ?
वि.सं.२०७६ माघ १ बुधवार ०९:१६ मा प्रकाशित