back
NMB ad

हेटौंडा सिमेन्टको जग्गा प्राप्ति गर्दै प्रदेश सरकार

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले आफ्ना मन्त्रालयका भवन निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको जग्गा लिने तयारी थालेको छ ।

हेटौंडा–९ लामसुरे हाइटमा रहेको हेटौंडा सिमेन्ट उद्योगको जग्गामा मुख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालयका भवन बनाइने भएको छ ।

मन्त्रालय स्थापनाका लागि सिमेन्ट उद्योगको पर्याप्त जग्गा भए पनि उद्योगको नाममा जग्गा भएकोले प्रदेश सरकारको नाममा ल्याउने प्रक्रिया शुरू गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।

‘प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएपछि प्रदेशका मन्त्रालय निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया शुरू गरेका हौं,’ मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

हाल कायम मन्त्रालय/कार्यालय राख्न समस्या भएकाले जग्गा खोजी भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार मन्त्रालयका लागि जग्गा पहिचान गर्न विशेष टोली परिचालन गरिएको छ । यस्तै सिमेन्ट उद्योगको जग्गा प्राप्तिका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।

हाल मुख्यमन्त्री कार्यालय र विभिन्न मन्त्रालय फरक स्थानमा छन् । अब एउटै स्थानमा सबै मन्त्रालय र प्रदेशसभा भवन निर्माण गर्नेगरी काम थाल्ने तयारी भएको छ । सबै मन्त्रालय निर्माणका लागि डीपीआर निर्माण गर्ने, तयारी थाल्ने र काम आगामी आर्थिक वर्षको बजेटमार्फत गराउने तयारी भएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।

बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा तोकिएसँगै अब प्रदेशसभा र प्रदेश सरकारका स्थायी भौतिक संरचना बनाउन हतार बढेको हो । प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालय र मन्त्रालय अन्तर्गतका निर्देशनालयको भवन निर्माणलाई प्राथमिकता दिइने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।

‘पहिले हेटौंडामा भएका संरचनामा साँघुरोसँग बसेका मन्त्रालय लगायत निकायका लागि भवन बनाउन लागिएको हो,’ उहाँले भन्नुभयो । हाल आर्थिक मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, कृषि मन्त्रालयमा पर्याप्त कार्यकक्ष नहुँदा कर्मचारीलाई असहज भएको छ ।

पुराना संरचनामा बसेकाले केही मन्त्रालयमा वर्षायाममा पानी चुहिने, साँघुरा कोठा, पार्किङ अभाव लगायत समस्या छन् ।

यस्ता समस्या समाधानका लागि अब बजेट सुनिश्चित गरेरै संरचना निर्माण थालिने भएको छ । सकेसम्म अहिले भइरहेका जग्गा र संरचना समेत उपयोग गर्नेगरी थप स्थायी संरचना निर्माण गरिने प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री ढुंगेलले बताउनुभयो ।

स्थायी राजधानी तोकिएपछि प्रदेश सरकारका स्थायी संरचना निर्माण गर्न बाटो खुलेको हो । २ वर्षसम्म प्रदेश सरकारले आप्mना लागि स्थायी संरचना निर्माण गरेको छैन । पहिलेकै संरचनाबाट सरकारले कार्यसम्पादन गर्दै आएको छ ।

२०७६ माघ ०८ गते प्रकाशित

वि.सं.२०७६ माघ ८ बुधवार ०८:५४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...