back
NMB ad

बैशाखमा एकीकृत कारोवार हुनेगरि एकआपसमा गाँभिन यी दुई वित्तीय संस्थाले गरे सम्झौता

Kumari bank ad

काठमाडौ । लघुवित्त वित्तीय संस्थाहरु पछिल्लो पटक मर्जरमा जाने लहर तिव्र रुपमा चलिरहेको छ ।  यसैक्रममा बुधवार १५ जिल्ला कार्यक्षेत्र रहेको महुली लघुवित्त र सर्वसाधारणका लागि हालसम्म शेयर नै जारी नगरेको नवकिरण लघुवित्त वित्तीय संस्थावीच मर्जरमा जाने सहमति भएको छ ।

सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरण नगरपालिका –६मा केन्द्रीय कार्यालय रहेको महुली लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल–६ मा केन्द्रीय कार्यालय रहेको नवकिरण लघुवित्तले मर्जमा जान सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा महुली लघुवित्तका अध्यक्ष प्रभुनारायण चौधरी र नवकिरण लघुवित्तका अध्यक्ष मोहनहरि आचार्यले हस्ताक्षर गरेका छन् ।

दुवै लघुवित्त आपसमा गाभिएपछि संस्थाको नाम महुली लघुवित्त वित्तीय संस्था रहने र केन्द्रीय कार्यालय हाल महुलीको केन्द्रीय कार्यालय रहेको सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाको महुलीमै रहने सम्झौतामा उल्लेख छ ।

दुवै लघुवित्तले मर्जर प्रक्रिया बैशाख महीनासम्ममा सम्पन्न गरेर एकीकृत कारोबार शुरु गर्ने महुली लघुवित्तले बताएको छ ।

सम्झौतामा दुवै लघुवित्तको सेयर स्वाप अनुपात १०० स् ९५ नघट्ने गरी कायम गर्ने उल्लेख छ । अर्थात नवकिरण लघुवित्तको १०० कित्ता सेयर रहेका शेयरधनीले मर्जरपछि बन्ने महुली लघुवित्तको ९५ कित्ता सेयर पाउनेछन् ।

साथै महुली लघुवित्तले मर्जर प्रक्रिया पुरा नहुन्जेलसम्मका लागि शेयर खरीदविक्री बन्द गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र अन्य नियामक निकायलाई भनेको छ ।

२०७६ माघ ०८ गते प्रकाशित

वि.सं.२०७६ माघ ८ बुधवार १६:३४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...