back
NMB ad

अब विहान ९ बजेभित्र स्कुल बस कम्पाउण्डभित्र छिरिसक्नुपर्ने

Kumari bank ad

काठमाडौं । सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ ।

गत १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरुसँगको सुझाव अनुसार केही समयपछि मात्र यस्तो नियम लगाउनेमा सरकार पुगेको छ ।

सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न भन्दै ३७ बुँदे कार्ययोजना पारित गरेको राजधानी दैनिकमा समाचार छ ।

गत १५ पुसमा बसेको मन्त्रीपरिषद बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित भएको हो ।

उक्त कार्ययोजनाको १४ नम्बरमा स्कुल बसहरु बिहान नौं बजेसम्म अनिवार्य रुपमा स्कुलको कम्पाउण्डभित्र प्रवेश गरिसक्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मा तोकेको थियो ।

सरोकारवाला संघ संस्था तथा निकायले तत्काल यस्तो नियम लागू गर्न कठिन हुने जनाएपछि सरकार तत्कालका लागि पछि हटेको छ । सरकारले आगामी शैक्षिक सत्रदेखि भने यो नियम लागू गर्न लागेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले नौं बजेभित्र बसहरु विद्यालय कम्पाउण्डभित्र छिराईसक्ने व्यवस्था गर्न सबै सकरात्मक भएको भन्दै तयारी भइरहेको जनाए । ‘यसमा सबैको सहमति छ, अब केही महिनापछि यो नियम लागू हुन्छ,’ उनले राजधानीसँग भने ।

स्कुल बसहरु बिहान ९ देखि १० बजेपछि पनि सञ्चालन हुँदै आएका छन् । ‘पिक आवर’ मा स्कुल बस सञ्चालन हुँदा उपत्यकाको ट्राफिक जाम झनै थपिन पुगेको आरोप लाग्ने गरेको छ ।

निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) ले नौं बजेभित्र बसहरु स्कुल कम्पाउण्डभित्र छिराउन आफूहरु सहमत भए पनि तत्काल सम्भव नहुने जनाएको छ ।

प्याब्सनका सह–अध्यक्ष डिके ढुंगानाले आगामी सत्रदेखि यस्तो नियम लगाउने बताए । ‘अहिले शैक्षिक सत्रको सबैभन्दा व्यस्त समय चलिरहेको छ, आगामी शैक्षिक सत्रदेखि यो नियम लगाउन सकिन्छ,’ सहअध्यक्ष ढुंगानाले भने ।

सहअध्यक्ष ढुंगानाले अहिले नै नियम लगााउन सकिने भए पनि टिफिन समय, क्यान्टिन समय लगायत तालिका नै प्रभावित हुने भएकाले आगामी शैक्षिक सत्रदेखि लगाउन सकिने बताए ।

उनले अहिले चक्रपथ भित्र प्राय जसो ९ बजेभित्र नै बसहरु स्कुल कम्पाउण्डभित्र छिरिसक्ने अभ्यास रहँदै आएको समेत जनाए ।

२०७६ माघ ०९ गते प्रकाशित

 

वि.सं.२०७६ माघ ९ बिहीवार ०६:१९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...